युनिलिभरले झण्डै १ अर्ब नाफा कमायो



काठमाडौं । गत आर्थिक बर्षमा युनिलिभर नेपाल लिमिटेडले खुद नाफा ९९ करोड ९४ लाख रुपैंया आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीको खुद नाफा ९६ करोड ५२ लाख रुपैंया भएको थियो । गत आर्थिक बर्षमा मात्रै कम्पनीको खुद नाफा ३ करोड ४२ लाख रुपैयाँले बढेको हो ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक बर्षमा युनिलिभरले ५ अर्ब २७ करोड रुपैयाँ आम्दानी गरी ३ अर्ब ८७ करोड रुपैंया खर्च गरेको थियो । यस्तै, अघिल्लो आर्थिक बर्षमा कम्पनीले ५ अर्ब १ करोड रुपैंया आम्दानी गरी ३६ अर्ब ८ करोड रुपैयाँ खर्च गरेको थियो ।

अघिल्लो आर्थिक बर्षमा ३ सय ३१ रुपैयाँ कायम रहेको कम्पनीको प्रति सेयर आम्दानी गतबर्ष भने ३ सय १८ रुपैयाँमा खुम्चिन पुगेको छ । गत आर्थिक बर्षमा १ दशमलव ९६ रहेको लिक्वीईडीटी रेसियो अघिल्लो आर्थिक बर्षमा २ दशमलव १७ कायम थियो ।

दोस्रो बजारमा सेयरलाई ब्लुचिप्स मानिने युनिलिभर कम्पनीको नेप्सेमा बजारपूँजीकरण २० अर्ब ७८ करोड २९ लाख ६१ हजार १ सय रुपैयाँ रहेको छ । सो कम्पनीको सेयरको मूल्य हाल प्रतिकित्ता २२ हजार ५ सय ७३ रुपैयाँ रहेको छ ।
यसरी नै नेप्सेमा कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता सेयर सूचीकृत रहेको छ ।


क्लिकमान्डु