डा. भट्टराई भन्छन्–बिमस्टेक र सार्क एक–अर्काका बिकल्प होइनन्



काठमाण्डौ । प्रतिनिधि सभाका सांसद तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिम्स्टेक फोरमलाई सार्कको बिकल्पका रुपमा अघि नसार्ने सुझाव दिएका छन् ।

आजको प्रतिनिधि सभा बैठकलाई संबोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो सुझाव दिएका हुन् । उनले भने–सार्कको आफ्नै महत्व छ, बिम्स्टेकको आफ्नै महत्व छ, त्यसैले एकका विरुद्ध अर्कोलाई प्रयोग गर्न खोज्नु राम्रो होइन ।

यसैगरी बैठकलाई संबोधन गर्दै गर्दै डा. भट्टराईले देशको भूमि व्यक्तिको स्वामित्वमा होइन राज्य र समुदायको स्वामित्वमा हुनु पर्नेमा जोड दिए । स्वआर्जित सम्पत्तिको खोजीमा राज्यले त्यति ध्यान नदिएपनि हुन्छ । तर, भूमिको सवालमा भने अहिलेको ऐनमा संसोधन गरिनु पर्नेमा उनले जोड दिए ।
भूमिमा राज्य र समुदायको स्वामित्व हुनुपर्छ र व्यक्तिमा भोगाधिकारको अधिकारमात्र रहनु पर्छ ।

त्यसैगरी डा. भट्टराईले कक्षा १२ सम्म निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था राज्यले गर्नु गर्नेमा उनले जोड दिए । सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बीमाको दायमा ल्याउने पर्ने बताउँदै उनले भने–केही प्रतिशत प्रिमियम राज्यले तिर्नु पर्छ ।

प्रतिनिधि सभा बैठकमा डा. भट्टराईले बिप्लब माओवादीलाई राजनीतिक शक्तिका रुपमा स्वीकार गर्नु पर्नेमा जोड दिए । सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतले छोड्नु भनेपनि एकपछि अर्को मुद्दा लगाएर राज्यले समात्ने र थुन्ने गरेको प्रति आपत्ति जनाउँदै उनले पञ्चालयकालको झल्को आएको प्रशंग उल्लेख गरे ।


क्लिकमान्डु