सांग्रिला डेभलपमेन्ट बैंकको सीइओमा सुुयोग श्रेष्ठ



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृत (सीइओ)मा सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् । बैंकको भदौ ८ गते बसेको संचालक समितिको २१४औं बैठकले श्रेष्ठलाई नियुुक्त गर्ने निर्णय गरेको हो ।

संखुुवासभा जिल्लाको चैनपुुरमा ४६ बर्षअघि जन्मिएका श्रेष्ठ यसअघि तत्कालीन एस डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृत थिए ।

श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातक तथा ईन्सिच्युुट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया, नयां दिल्लीबाट चार्र्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका छन् । सन् २००० मा हिमालयन बैंकबाट जुुनियर अफिसर स्तरबाट आफ्नो बैंकि¨ करियर शुुरु गरेका श्रेष्ठले उक्त बैंकमा इन्टर्नल अडिट डिपार्टमेन्ट हेड सम्मको जिम्मेवारी सम्हालेका थिए ।

सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक प्रबन्धक हुुदैं प्रबन्धक तहसम्मको जिम्मेवारी बहन गरिसकेका छन् । सो पश्चात सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक पदमा समेत कार्य गरेका श्रेष्ठ सन् २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हुुदै प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरि सकेका छन् ।


क्लिकमान्डु