केएल मोबाइल मेलाको समय थपियो, भदौ १६ सम्म सञ्चालन हुने



काठमाण्डौ । चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हबले संचालन गरेको अफर भित्रको अफर सहितको मोबाइल मेलामा ग्राहकहरुको सहभागिता बढेपछि समय थप गरिएको छ ।

मेला अवधिभर सामासुङ ग्यालेक्सी नोट ९ प्रि बुकिङ गरी जुनसुकै स्मार्ट फोनसँग ग्यालेक्सी नोट ९ साट्न पाइने सुविधा समेत थप गरिएको छ ।

के एल मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसर पारेर अफर माथिको अफर सहित मोबाईल मेला संचालन गरेको हो । एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाइने योजनाले मेलाको आकर्षण बढेको आयोजकको भनाई छ । मोबाइल मेला भदौ १६ गतेसम्म संचालन हुनेछ ।

मेलामा ९ सय ९९ रुपैयाँदेखि एक लाख ५९ हजार ९ सय ९९ रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाईल उपलब्ध रहेका छन् ।

यसै गरी मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

केएल मोबाइल हबले गत साउन १९ गतेदेखि चावहिल स्थित केएल मोबाइल हबमा मोबाईल मेला संचालन गरेको हो । केएल मोबाईल हब भिजीटर ले लक्की ड्र कुपन भरी लक्की ड्र मार्फत हरेक दिन एउटा स्मार्ट फोन जित्न सकने छन् ।

विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मोबाइल हबमा उपलब्ध रहेको हबका निर्देशक संगम राईले बताए ।


क्लिकमान्डु