प्रेमिका फकाउन ३ सय होर्डिङ बोर्डमा ‘सरी’ सन्देश



काठमाण्डौ । आफ्नो रिसाएकी प्रेमिकालाई फकाउन के गर्छन् होला ? धेरैजसो मानिस सरी भन्छन् । फूल दिन्छन् । प्रेमिकालाई मन पर्ने सामान उपहार दिन्छन् । तर कोही यस्ता प्रेमिपनि हुन्छन्, जो प्रेमिकालाई फकाउन सहरभरी सरी लेख्छन् ।
भारतको पुनामा एक प्रेमिले यस्तै गरेका छन् । रिसाएकी प्रेमिकालाई फकाउन एक प्रेमिले सहरभरीका ३ सय वटा होर्डिङ बोर्डमा विज्ञापन गरेका छन् । ती प्रेमिले सहरका होर्डिङ बोर्डमा प्रेमिकाको नाम लेखेर सरी लेखिएको विज्ञापन टाँसेका छन् ।
व्यापारिक वस्तु वा उत्पादनका विज्ञापन टाँसिनु पर्ने ती होर्डिङ बोर्डमा प्रेमिकासँग माफि मागिएको सूचना टाँसिएपछि सहरवासीपनि अच्चमित भएका छन् ।
यसरी होर्डिङ बोर्डबाट प्रेमिकासँग माफि माग्ने प्रेमी हुन्, २५ वर्षिया निलेश खेडकर । निलेश स्थानीय व्यापारी हुन् । (एजेन्सीहरुबाट)


क्लिकमान्डु