भारतबाट ५ करोड भारुभन्दा बढीको आयात अब अनिवार्य एलसीबाट



काठमाडौं । अबदेखि भारतबाट ५ करोड भारुभन्दा बढीको रकम आयात गर्दा अनिवार्य पतितपत्र(एलसी) खोल्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै ५ करोड भारुभन्दा बढीको आयातमा अनिवार्य रुपले एलसी खोल्नुपर्ने व्यवस्था गरेको हो ।

यसरी एलसी खोलिने रकमको १० प्रतिशत रकम अनिवार्य रुपले धरौटी राख्नुपर्ने हुन्छ । जसबाट भन्सार तिर्नको लागि चेक उपलब्ध गराउनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

यसअघि भारतबाट गरिने आयातमा ५ करोड भारुको सिमा थिएन ।

यस्तै राष्ट्र बैंकले ड्राफ्ट र टिटीको माध्यमबाट सप्लायरलाई भुक्तानी दिदा ५० हजार अमेरिकी डलरसम्म भुक्तानी दिन सकिने व्यवस्थालाई घटाएर ४० हजार डलरमा झारेको छ ।

यस्तै ट्राभल डकुमेन्टको आधारमा १ हजार अमेरिकी डलरसम्मको सटही सुविधा नेपाली नागरिकले पाउने छन् ।


क्लिकमान्डु