माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २१ करोड
काठमाडौंं । माछापुच्छ्रे बैंकको गत आर्थिक बर्षमा खुद नाफा घटेको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब २१ करोड रुपैंया खुद नाफा गरेको हो । अघिल्लो आर्थिक बर्षमा बैंकको खुद नाफा १ अर्ब ३० करोड थियो ।
बैंकले सार्वजनीक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक बर्षमा व्याजबाट ७ अर्ब ६७ करोड रुपैंया आम्दानी गरेको थियो । यस्तै, ब्याज खर्च भने ५ अर्ब २६ करोड रहेको छ । यसरी बैंकले व्याजबाट २ अर्ब ६४ करोड खुद नाफा गरेको छ । अघिल्लो वर्षमा बैंकको व्याजबाट खुद आम्दानी २ अर्ब ३२ करोड भएको थियो ।
बैंकले ७२ अर्ब ४७ करोड निक्षेप संकलन गरी ६४ अर्ब ३६ करोड कर्जा तथा लागनी गरेको छ ।
बैंकको राइट व्याक ८ करोड १९ लाख रहेको थियो । अघिल्लो आर्थिक बर्षमा राइट व्याक १३ करोड ४१ लाख रहेको थियो ।
अघिल्लो आर्थिक बर्षमा कस्ट अफ फन्ड ४.७६ प्रतिशत रहेको बैंकको गत अर्थिक वर्षमा भने ७.६१ प्रतिशत पुगेको छ ।
प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक बर्षमा २३.९८ रहको बैकको गत आर्थिक बर्षमा भने १५.३१ छ ।
गत आर्थिक वर्षमा लिक्यूडीटि रेसियो भने २५.२६ प्रतिशत रहेको तथा अघिल्लो आर्थिक वर्षमा २६.२९ प्रतिशत रहेको बैकले सार्वजनीक गरेको तथ्यांकले देखाउँछ ।