युनियन लाइफ इन्स्योरेन्स र लुम्बिनी बिकास बैंकबीच बैंकास्योरेन्स संझौता
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी बिकास बैंक लिमिटेडबीच आज आईतबार बैंकास्योरेन्स संझौता भएको छ ।
सो संझौता पत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक चुडामणी चापागार्इँ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले हस्ताक्षर गरेका छन् ।
संझौता अनुसार युनियन लाइफ इन्स्योरेन्सको बीमा योजना बैंकले आफ्ना ग्राहकहरुलाई बिक्री वितरण गर्ने भएको छ ।
कम्पनीले गत आ.व.मा साढे ८६ करोड बीमाशुल्क संकलन गर्न सफल भएको छ ।