बिश्व प्रसिद्ध ब्रान्ड एंकर अब नेपालमा



काठमाडौँ । नेपालको लागि माइक्रोम्याक्स तथा ब्राभोस टेलिभिजनको आधिकारिक वितरक रहेको पशुपति ट्रेड लिङ्क प्रालिले नेपालमा एंकर ब्राण्डको आज आधिकारिक रुपमा लन्च गरेको छ । पशुपति ट्रेड लिङ्क प्रालि मुरारका अर्गनाइजेसन अन्तर्गतको एक भगिनी संस्था
हो ।

एंकर चाइनाको लिडिङ्ग कन्जुमर इलेक्ट्रोनिक्स ब्राण्ड हो । यसका आधुनिक पोर्टेवल इलेक्ट्रोनिक्स सामानका ठूलो रेन्जमा नै रहेको छ । पशुपती ट्रेड लिङ्कले एंकरका पावर ब्याक, पोर्टेवल प्रोजेक्टर, युएसबी केवल, ब्लुतुथ एयरफोन, वायरलेस चार्जर, वालचार्जर र ब्लुतुथ स्पिकर नेपाली बजारमा उपलब्ध गराउने छ र यी सामानहरुमा १८ महिनाको रिप्लेसमेन्ट वारिन्टी सहित उपलब्ध रहेको छ ।

एंकरको नेबुला मार्स प्रोजेक्टर ग्राहकको आकर्षण केन्द्रमा रहनेछ जसमा १० वाटको २ वटा स्पिकर र १५० इन्च सम्मको तस्विर जुन १२८० वाइ ७२० को क्लिीयर रेजुलेशन हुनेछ । यो प्रोजेक्टर एन्डरोइड ७.१ मा चल्छ र यसमा बील्ड इन वाइफाइ र ब्लुतुथ रहेको छ जसले गर्दा युट्युव र नेटफ्ीक्सका भिडीयोहरु हेर्न निकै सहज हुन्छ ।

यसमा ८ जीवीको इन्टरनल स्टोरेज पनि रहेको छ साथै अरु डिभाइसहरु कनेक्ट गर्न एक्टरनल आईओहरु एचडिएमआई तथा युएसबी ३.० पोर्ट रहेको छ । यसमा १२५०० एमएएचको ब्याट्री पनि रहेको छ जसले ४ घण्टा सम्मको व्याकअप दिन्छ ।

पशुपती ट्रेड लिङ्कका मार्केटिङ्ग मेनेजर धिरेन्द्र कुसवहाका अनुशार ‘यो टेक्नलोजीको युगमा मानिसहरु लेटेष्ट टेक्नलोजीका इलेक्ट्रोनिक्स सामानहरु आफ्नो दैनीक जीवनमा प्रयोग गर्न चाहन्छन् । मोवाइल बाहेक पावर बैंक तथा चाजीङ्ग केवलपनि आफ्नो साथमा राख्ने गरिन्छ ।


क्लिकमान्डु