मन्त्री खनालले भने–२२ खानेपानी उद्योगमा ताला लगाएँ



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल (बलदेव) ले विभिन्न २२ वटा पानीका उद्योगहरुमा ताला लगाइसकेको बताएका छन् ।

खाद्य गुणस्तर कायम गर्न आफूले अभियान नै चलाईरहेको बताउँदै मन्त्री खनालले विभिन्न २२ वटा पानीका उद्योगहरुमा ताला लगाइसकेको बताए ।

राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री खनालले मुलुकको कूल ग्राहस्थ उत्पादनमा कृषिको योगदान रहेको दावी गरे । यसवर्ष समयमै वर्षा हुँदा धान रोपाईँ सकिन लागेको बताउँदै मन्त्री खनालले धान उत्पादनले यस वर्ष मुलुकको कूल ग्राहस्थ उत्पादनमा योगदान दिने बताए ।

फरक प्रसँगमा उनले कालीमाटी फलफुल तथा तरकारी बजारमा देखिएको सिण्डिकेट अन्त्यको लागि आफूले ठोस कदम चालिसकेको बताए । केहि समय भित्रै कृषकहरुले आफूले उत्पादन गरेका वस्तुहरु निर्वाध रुपमा कालिमाटी बजारमा ढुवानी गर्न सकिने व्यवस्था मिलाईने मन्त्री खनालले दावी गरे ।

मासुमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताउँदै मन्त्री खनालले विदेशबाट आयातित मासुको आयात रोक्न विशेष कार्ययोजना बनाएको जानकारी दिए ।


क्लिकमान्डु