योगगुरु रामदेवको पतन्जलीको बजार हिस्सा घट्दै, यस्ता छन् कारण



योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जली आयुर्वेद कम्पनी पछिल्लो केही वर्षदेखि बजारमा चर्चाको विषय बन्न गएको छ ।

पतञ्जलीको सुरुवाती अवस्थामा एफएमसीजी मार्केटमा पतञ्जलीले हिन्दुस्तान युनिलिभरलाई समेतपछि पार्न सक्ने भनिएको थियो ।

गतवर्ष अप्रीलमा रामदेव आफैंले भनेका थिए कि– हाम्रो लक्ष्य पतञ्जलीको टर्नओभरलाई ३ देखि ५ वर्षमा २० करोड रुपैयाँदेखि २५ हजार करोड रुपैयाँसम्म पुर्याउने हो ।

तर, उनको यो महत्वकांक्षी लक्ष्य पूरा भएको देख्न पाइएन । गत आर्थिक वर्षमा कम्पनीले १० हजार करोड रुपैयाँको कारोबार गरेको थियो । जुन यस अघिको वर्षमा पनि यतिनै थियो ।

रेटिङ एजेन्सी क्रेडिट स्वीसका अनुसार पतञ्जलीको ग्रोथमा रोकिनुको मुख्य कारण अहम् पनि हुन सक्छ ।

आयुर्वेदिक प्रोडक्टमै सीमित हुनु

रिपोर्टका अनुसार पतन्जलीले क्यालेन्डर वर्ष २०१७ मा घर घरमा आफ्नो पहुँच बनाउदै २७ प्रतिशतबाट बढेर ४५ प्रतिशतसम्मको ग्रोथ हासिल गर्यो ।

कम्पनीको उत्पादनमा यो परिवर्तन उनको आयुर्वेदिक र नेचरल्स प्रडक्ट आउने क्रममा भएको थियो । तर, अन्य कम्पनीहरुले यस्ता प्रोडक्ट उत्पादन गर्न थाले र यही बीचमा पतञ्जलीका नयाँ प्रयोगकर्ता अन्तै मोडिंदा पतञ्जलीपछि पर्न गयो ।

वितरण नेटवर्कमा समस्या

पतञ्जलीले आफ्नो प्रोडक्टको विक्री आफ्ना अस्पतालहरुबाट नेटवर्ककिङ सुरु गरेको थियो । तर, यो पटक उसको अस्पतालहरुको चेन कमजोर बनेको देखियो, जसको कारण नेटवर्ककोपनि अपेक्षा गरे अनुसार विस्तार हुन सकेन ।

पतञ्जलीको वितरण नेटवर्क हिन्दुस्तान यूनिलिभरको तुलनामा १÷३० रहेको छ ।

आयुर्वेदिक प्रोडक्टबाट पछि हट्नु

पतञ्जलीले मार्केटमा आफ्नो विश्वास आयुर्वेदिक फार्मेसीको माध्यमबाट गरेको थियो । त्यसपछि कम्पनी बिस्तारै हर्बल र अर्गानिक फूड प्रोडक्टतर्फ जान थाल्यो ।

प्रोडक्टको लोकप्रियताका साथै कम्पनीले बिस्कुट, नूडल्स र टुथपेष्ट जस्ता चिजहरु उत्पादन गर्न तिर लाग्यो । अहिले फ्रोजन तरकारी र कपडासम्मको काम गर्न लागेको छ । सायद योपनि एउटा कारण हो, जसका कारण आयुर्वेदिक कम्पनीको प्रतिष्ठा कमजोर भयो ।

अरु कम्पनीले पनि ल्याए आयुर्वेदिक प्रोडक्ट

पतञ्जलीसँग प्रतिष्पर्धा गर्दै कोलगेट र हिन्दुस्तान यूनिलिभर जस्ता कम्पनीहरुले पनि उपभोक्ताको भरोसा दरो बनाउनका लागि नेचुरल प्रोडक्ट उत्पादन गरे । डाबर र कोलगेट जस्ता कम्पनीहरुले पनि यसमा ठूलो लगानी गरेर आफ्ना ग्राहक बचाउन तिर लागे ।

एकातिर डाबरले आफ्नो मूल्य कम गरेर आफ्नो ग्राहकलाई रोक्ने कोसिस गर्यो भने अर्कोतर्फ हिन्दुस्तान यूनिलिभरले कयौँ नयाँ आयूर्वेदिक प्रोडक्ट उत्पादन गर्न थाल्यो ।

कम्पनीले विज्ञापनको खर्चमा गर्यो कटौती

एक्सचेन्ज फर मिडियाको मेको रिपोर्टका अनुसार कम्पनीको विज्ञापन यो वर्ष १६ सातामा टप १० मा परेको थिएन । यसबाहेक अन्य ९ सातामापनि कम्पनी टप ५ को पाँचौ नम्बरबाट झरेर १० नम्बरको बीचमा रहन पुग्यो ।

मिडिया कभरेजमा कमी

यसमा अर्को कारण सायद ब्राण्ड कमजोर हुनुपनि हुन सक्छ । बाबा रामदेव पतञ्जलीको आक्रमक ब्राण्ड एम्बेस्टर रहेका छन् । पछिल्लो समय मिडिया कभरेजमा कमी हुनुपनि अर्को कारण हुन सक्छ ।
(एजेन्सीहरुबाट)


क्लिकमान्डु