भारतमा मोदी आएपछि सेयर लगानीकर्ता मालामाल नेपालमा भने ओली आउदा बिजोग
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको चुनाव प्रचार प्रसारको क्रममा प्रधानमन्त्री केपी ओलीले झापामा नबुझेका व्यक्तिले बाम सरकार आएपछि अर्थतन्त्रमा सुधार आउने र सेयर बजार बढ्ने बताएका थिए ।
केही व्यवसायीसँगको भेटमा ओलीले भनेका थिए‘नयाँ सरकार बनेका दिन लगानीकर्ताहरुले दिपावली गरे हुन्छ, मिठाइ खाए हुन्छ,’ ओलीले भनेका थिए( ‘तपाईंहरु ढुक्क हुनुस्, नयाँ सरकार आएपछि सेयर बजारमा उछाल आउँछ, नयाँ सरकारले लिने नितीका कारण सेयर बजार असाधारणरुपमा बढ्छ ।’
तर,ओली सरकार आएपछि सेयर बजार बढेन । ओली प्रधानमन्त्री हुने दिन ३६ अंकको बृद्धि बाहेक सेयर बाहेक सेयर बजारमा बृद्धि भएन ।
चुक्ता पुँजीको कारण मागको तुलनामा बढ्दो आपूर्ति तथा ब्याजदरबृद्धि सेयर बजारका लागि नकरात्मक कुरा हुन् । जसले बजारलाई घटाउन नै सहयोग पुर्याएका थिए ।
सेयर बजार मनोविज्ञानको आधारमा चल्ने हो । लगानीकर्ताको लागि सरकारको नेतृत्वभन्दापनि उसले नीति र बोलीले असर गरेको हुन्छ ।
नेपाल र भारतको सेयर बजारको तुलना त गर्न मिल्दैन । तर,अहिले भारतीय सेयर बजारमा नेपालबाट लगानी गर्ने लगानीकर्ताको संख्या बढेको छ ।
नेपालमा शक्तिशाली सरकारको नेतृत्व गरेको ओलीसँग लगानीकर्ताको आश धेरै नै थियो । स्थिर सरकार बनेपछि सुधार हुने आशा अन्य क्षेत्रजस्तै सेयर बजारमा पनि थियो । तर,सेयर बजारमा भने बाम फोबिया बजार नबढ्ने कारणको रुपमा देखिएको छ ।
चारवर्ष अगाडि भारतमा नरेन्द्र मोदी आएपछि सेयर बजारका लगानीकर्ता भने मालामाल भएका छन् । नेपालका प्रधानमन्त्री मोदी र ओलीबीच केही कुराको समानता छ । दुवैले पुरानो पार्टी कांग्रेसलाई नराम्रोसँग हराएका छन् ।
मोदीले भारतको पुरानो पार्टी भारतीय कांग्रेसलाई नराम्रोसँग हराएर सरकारको नेतृत्व गरेका थिए । विपक्षीलाई हमला गर्ने सम्बन्धमा पनि ओली र मोदीका भाषणहरु उस्तै खालका छन् ।
ओलीले पुरानो पार्टी नेपाली कांग्रेसलाई नराम्रोसँग चुनावमा हराएर करिब दुईतिहाई बहुमत सहित सरकारको नेतृत्वमा पुगेका हुन् ।
सेयर बजारको कुरा गर्ने हो भने भारतीय सेयर बजारमा लगानीकर्ता अहिले मालामाल भएका छन् ।
भारतको दुई वटा स्टक एक्सचेन्ज मुम्बई स्टक एक्सचेन्ज तथा नेशनल स्टक एक्सचेन्जका सूचकले हरेक दिन नयाँ रेकर्ड कायम गरेका छन् ।
भारतको प्रमुख सेयर बजार सेन्सेक्स ३८ हजार बिन्दुमा पुगेको छ भने ११४७७ बिन्दुसम्म पुगेको छ ।
भारतमा नरेन्द्र मोदीको उदयपछि सेयर बजारले पछाडि फर्केर हेरेको छैन ।
सन् २०१४ मा सरकारको नेतृत्व गरेका मोदी आएपछि सेयर बजारमा लगातार उछाल छ । उनले लिएको नोटबन्दी तथा जिएसटीले सेयर बजारलाई नकारात्मक असर पर्ने अनुमान गरिएपनि त्यो भएन ।
सन् २०१४ मा मोदी आउदा सेन्सेक्स २५ हजार बिन्दुमा थियो । यस्तै निफ्टी ७५ सय बिन्दुमा थियो ।
पुरानो दल कांग्रेसलाई नराम्रोसँग हराएर केन्द्र सरकारको नेतृत्व गरेका मोदी आएपछि भारतीय सेयर बजारमा उकालो नै चढेको छ ।
चारवर्षको अवधीमा सेन्सेक्स १३ हजार तथा निफ्टी ४ हजार बिन्दुले बढेको छ ।
नेपालमा भने ओली आएपछि बजार निरन्तर घट्दो क्रममा छ । लगानीकर्ता सेयर बजारको आफ्नो सम्पत्ती १ खर्ब रुपैयाँभन्दा बढी गुमाएका छन् ।