त्रिशक्ति, बज्रशक्ति र सगरमाथा सिमेन्टको उत्पादनमा रोक, रसायनिक पदार्थको बढी प्रयोग



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड पूरा नगरेको भन्दै नारायणी सिमेन्ट र घोराही सिमेन्टको उत्पादनमा रोक लगाएको छ ।

बारा जिल्ला स्थित नारायणी सिमेन्ट उद्योगको त्रिशक्ति र बज्रशक्ति सिमेन्टमा आइआर (रासायनिक पदार्थ) तोकिएको मापदण्डभन्दा बढी पाइएकोले रोग लगाएको विभागकी प्रवक्ता रोमी मानन्धरले जानकारी दिइन् ।

‘नारायणी सिमेन्ट उद्योगको त्रिशक्तिको पिपिसी र बज्रशक्तिको ओपिसी सिमेन्टमा आईआरको मात्रा नेपाल गुणस्तरको मापदण्डभन्दा बढी भेटियो, यसले घरको गुणस्तरलाई कमसल बनाउँछ,’ मानन्धरले भनिन् ।

यस्तै, उनले एक साता अघिमात्र दाङ जिल्लामा रहेको घोराही सिमेन्ट प्रालिको सगरमाथा सिमेन्ट उत्पादनमापनि रोक लगाएको जानकारी दिइन् ।
सगरमाथा सिमेन्टमा एमजीओ (म्याग्नेसियम अक्साइड) तोकिएको मापदण्डभन्दा बढी पाइएको मानन्धरले जानकारी दिइन् ।

‘सगरमाथा सिमेन्टमा एमजीओको मात्रा बढी भेटिएको हो, एमजीओको मात्रा ५ प्रतिशत मात्र हुनुपर्नेमा ६ प्रतिशत देखिएपछि यसको उत्पादनमा रोक लगाइएको हो,’ मानन्धरले भनिन् ।


क्लिकमान्डु