मोबाईलमा प्रभु पे डाउनलोड गर्नुहोस्, पर्स बोक्नै पर्दैन



काठमाण्डौ । अब मोबाईल नै पर्स हुने भएको छ । ‘वालेट अब मोबाईल’ मा भन्ने नारा सहित प्रभु ग्रुपले प्रभु पे वालेटको सुरुवात गरेको छ ।

डिजिटल र क्यासलेस प्रविधिको सुरुवात गर्दै प्रभु ग्रुपले प्रभु पे एप्लीकेसनको सुरुवात गरेको हो ।

प्रभु पे वालेट एप्लीकेसन मोबाईलमा डाउनलोड गरेर मोबाईलबाटै सबै आर्थिक कारोबार गर्न सकिने प्रभु ग्रुपले जानकारी दिएको छ । प्रभु पे वालेटबाट कुनैपनि बैंक खातामा रकम ट्रान्सफर गर्न सकिने छ । यही एप्लीकेसन मार्फत बिजुली तथा पानीको बिलपनि तिर्न सकिने छ ।

यस बाहेक किनेमेल गर्दापनि प्रभु पे बाटै रकम तिर्न सकिने सुविधा प्रभु पेले दिएको छ । प्रभु टिभिको रिचार्ज गर्न, मोबाईल रिचार्ज गर्न र एनसिएचएल डिपोजिट गर्नपनि सकिने छ ।

युनियन पे र क्यू आर कोड स्क्यानमार्फतपनि पैसा तिर्न सकिने प्रभु ग्रुपले जानकारी दिएको छ ।

प्रभु ग्रुपले आफ्ना नियमित ग्राहकलाई १० लाख सम्मको दुर्घटना बीमा सुविधापनि दिने बताएको छ । त्यस्तै बीमाका लागि अरुलाई रिफर गरेमा ३० रुपैयाँ बराबरको ब्यालेन्सपनि प्रदान गर्ने बताएको छ ।

यसैबीच प्रभु ग्रुपका चेयरम्यान देवीप्राद भट्टचन भने– ‘डिजिटल रुपमा नेपाललाई समृद्ध बनाउदै लैजाने हो भने विश्वले नेपाललाई हेर्ने दृष्टीकोणमा नै परिवर्तन आउँछ ।’

भट्टचनले नेपाल राष्ट्र बैंकबाट समेत लाइसेन्स प्राप्त गर्ने पहिले निजी कम्पनीमा प्रभु ग्रुप परेकोमा खुसी व्यक्त गरे । उनले सफ्टवयेरको विकाससंगै एपको प्रारम्भ भएकाले आगामी दिनमा डिजिटल समृद्धीलाई थप मद्दत पुग्ने मत जाहेर गरे ।

यो एप धेरै कुरामासहयोगी हुने भन्दै उनले मनोरञ्जनदेखि खेलसम्मको मज्जा यसैमा समावेश हुने जनाए । हाल २७ वटा च्यानलको सुविधा पाईने भएकाले बालकदेखि वृद्धसम्मले एपको बारेमा थाहा पाउनु पर्ने तर्क गरे ।

यसैगरी, उनले आर्थिक कारोबारमा सहयोगी रहने एप आर्थिक समृद्धी तथा मुलुकको विकासमा अपरिहार्य रहने बताए ।

साथै, संस्थाका भाइस प्रेसिडेन्ट कुसुम लामाले भनिन–‘बीमा देखि बचतसम्म यो एप काम लाग्छ ।’ उनको विचारमा यो एप नेपालमा प्रविधि मैत्रि वातावरणमा बस्दै आएका सबैमा काम लाग्ने जानकारी दिइन् । विदेशमा रहेका दाजुभाई बाहेका स्वदेशमा रहेका करीब २ करोड जनताको पहुँचमा यो एपको अपरिहार्यता हुन जाने उनको ठम्याई रहेको छ ।

हाल नेपाली मुद्रा विदेशमा सहजताका साथ साट्न नपाईने भएकाले एपबाट विदेशीमा किनमेल गर्न नमिल्ने बताईन् । तर, एपले स्वदेशमा भने विभिन्न आर्थिक सहजताका पाटालाई अंगालेको उनको बुझाई छ ।

हामीसंग एपको कमी नभएपनि यस एपमा रहेका विशेषताका कारण यो एप अन्य एप भन्दा आवश्यक रहने मत लामाले जाहेर गरिन् ।

यस्ता छन् एपमा पाईने विषेशताहरु :
एपमा बैंक, को-अपरेटिभ, लघुबित्त लगायतका सम्पूर्ण आर्थिक कारोबारका क्षेत्र समेट्ने क्षमता रहेको छ । सोही कारण कुनैपनि आर्थिक कारोबार गर्न ग्राहकले झन्झट व्यहोर्नु पर्दैन् ।

एप इस्टल गर्दा ग्राहकले ३० रुपैंया प्राप्त गर्ने छन् । प्ले स्टोरमा उपलब्ध हुने सो एपमा (आई ओ एस) समेत उपलब्ध छ ।

बैंकमा राखिने पैसा मोवाइलको एपमा सार्न सकिने व्यवस्था समेत रहेको छ ।

प्रिमियम नलिई बीमा : यसमा रहेको १० लाख बीमाको सुविधामा छुट्टै प्रिमियम लिई रहनु पर्दैन ।

विथ ड्र पिन : उक्त पिनका माध्यमले प्रभुका कुनैपनि आर्थिक कारोबार हुने क्षेत्रबाट रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

माई कोड : पसलमा किनबेच गर्दा खुद्रा पैसाको झन्झट हटाई कोडबाटै कारोबार गर्न माई कोडले मद्दत गर्छ ।

हिस्ट्री : हामीले गर्ने कारोबारको इतिहास समेत सहजै उपलब्ध हुने हुनाले यो एपले ग्राहकलाई लेनलेनको विवादबाट मुक्त राख्छ । हिस्ट्रीमा किनेको र बेचेको दुबै पक्षको रकम उपलब्ध हुन्छ ।

नाईट कार्ड :  यो कार्ड बैंक कार्डको रुपमा रहने भएकाले लगानीकर्ता ग्राहकको छनोटको विषयमा पर्छ । यसले कारोबारमा भरोसा तथा विश्वास दुवै कुरामा सहजता दिन मद्दत गर्छ ।

डिल्स : डिल्स भनेको हामीले बजारमा पाइने छुटको बारेमा जानकारी पाउने सुविधा हो । ग्राहकले छुटको बारेमा थाहा पाउँदा निकै जसो अवस्थामा आर्थिक बचत हुने कम्पनीको बुझाइ रहेको छ । यसरी थाहा नपाएको खण्डमा ग्राहकले धेरै मूल्यमा सामान खरिद गर्नुपर्ने हुन्छ । सो बाध्यतामा डिल्स हाम्रो साथी बन्ने गर्छ ।

सेटिङ्ग : सेटिङ्ग, अन्य उपकरणको जस्तै हरेक कुरा सेट गने ठाउँ हो । तर, यसमा भने सेक्यूरिको समेत व्यवस्था रहेको छ । उक्त सेक्यूरिटि मार्फत लकको व्यवस्था गरिएको हुन्छ । सो लकको कारण पर्समा चाबी नै लगाए जस्तो हुन्छ । अरुले वालेट भेटेमा पनि ग्राहक भने लुटिदैनन्, सुरक्षित नै रहन्छन् ।

एफ ए क्यू : एफ ए क्यू मार्फत कुनैपनि जानकारी लिन सकिन्छ । आजभोलि हामीले गुगल सर्चको प्रयोगबाट धेरै कुरा थाहा पाउने गरेका छौं । त्यसरी नै यस एपको सम्बन्धीत जिज्ञासाका लागि एफ ए क्यू को साहारा लिन सकिन्छ । यसरी एफ ए क्यू लाई यस एपको गुगल मान्न सकिन्छ ।

पे बिल : अब घरमा नै बसेर बिजुली, पानी लगायतको पैसा तिर्न सम्भव छ । जसमा पे बिल आईकन सहयोगी हुन्छ ।

बैंकमा पैंसा डीपोडीट गर्न तथा आफ्नो खाताबाट अरुको खातामा पैसा पठाउने लगाएतका सुविधालागि पनि एपको मद्दत लिन सकिन्छ ।

च्याट : यो एप भाइवर जस्तै भएकाले यसबाट नै सहजै च्याट गर्न सकिन्छ ।

एटिएम आईकन : घर नजिकको एटीएमको समेत जानकारी पाउन सकिने भएकाले आर्थिक कारोबारमा यस आईकनले निकै सहता ल्याउने अनुमान गर्न सकिन्छ ।


क्लिकमान्डु