घरविहीन सिईओ, जो यात्रा गर्दै जीवन बिताउँछन्



काठमाण्डौ । कुनै कम्पनीको सिईओको घर छैन भन्दा तपाईँ पत्याउनुहुन्छ ? पक्कैपनि कम्पनीको सबैभन्दा ठूलो पदमा रहने मानिसको घर छैन भन्दा कसैलेपनि पत्याउँदैनन । तर, भाषा सम्बन्धी काम गर्ने एउटा कम्पनीका सिईओको भने घर छैन ।

किलिन पेरेरा यात्रा गर्दै जीवन बिताउँछन् । त्यही भएर उनको घर छैन । अर्थात उनी घरबिहीन सिईओ हुन ।

कामको सिलसिलामा धेरै समय घर बाहिर रहने भएकाले उनले घर छाडेका हुन् । उनी बर्षमा धेरै समय घरबाहिर नै हुन्छन् । आफ्नो देश गएको समयमापनि उनी होटेलमै बस्ने गर्छन् । उनको इन्स्टाग्राम एकाउन्टको नाम पनि होमलेस सिईओ छ ।

पेरेरा संसारकै पहिलो घर नभएको सिईओ हुन् । एउटा अनुवादक कम्पनी अविलिङ्गाका संस्थापक हुन् पेरेरा । उनको कम्पनीको मुख्यालय स्विटजरल्याण्डमा छ । यो कम्पनीले दुनियाँभरका धेरै कम्पनीको लागि अनुवाद, भाषा प्रशिक्षण र भाषा सम्बन्धी समस्या समाधान गर्ने काम गर्छ ।

त्यसो त उनको घरै नभएको पनि होइन । स्विटजरल्याण्डमा रहेको आफ्नो अपार्टमेन्ट उनले अहिले भाडामा दिएका छन । घर नभएपनि उनकी जीवनसाथी भने छिन् । जो इटालीमा बस्छिन् । पेरेरालाई फोटोग्राफीको शौखा छ ।
यात्रा अवधिभर उनी फोटो खिच्ने गर्छन् । होमलेस सिईओ नामक उनको इन्स्टाग्राम एकाउन्टमा १५ हजार भन्दा धेरै फलोअर छन् । (एजेन्सीहरुको सहयोगमा)


क्लिकमान्डु