जापान पुगेका नेकपाका नेता भट्टराईलाई किन फर्काइयो विमानस्थलबाटै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फकाईदिएको छ ।

जापानमा रहेका एक सञ्चारकर्मीले नेपालीले दिएको जानकारी अनुसार निशस्त्रीकरण सम्बन्धी कार्यक्रममा भाग लिन पुगेका भट्टराईलाई जापान सरकारले मंगलबार विमानस्थलबाट फर्काएको हो ।

उनको साथमा अनेरास्ववियूका पूर्व अध्यक्ष किशोर मल्ललगायतका नेता समेत उनकै साथमा जापान पुगेका थिए ।

कागजात नमिलेको तथा जापान बोलाउने सहयोगीको पहिचान स्पष्ट नखुलेको भन्दै विमानस्थलबाटै फकाईएको बताइएको छ । तर नेता भट्टराईले भने सो विषयमा केही पनि बताएका छैनन् ।

नेता भट्टराईको प्रतिक्षामा रहेका नेपाली भने हिरोसिमाको होटलमा प्रतिक्षारत थिए । उनलाई होटलसम्म पुगन नदिई विमानस्थलबाटै फर्काइएको विषयमा जापानस्थित नेपाली दूतावासले भने केही बताएको छैन ।


क्लिकमान्डु