पूर्णिमा विकास बैंकको नाफा साढे ७ करोड
काठमाडौं । पूर्णिमा विकास बैंकले गत आर्थिक वर्षमा ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको अघिल्लो बर्षको भन्दा खुद नाफा भने घटेको छ ।
पूर्णिमाले अघिल्लो आर्थिक वर्ष १० करोड रुपैयाँ खुद नाफा गरेको थियो । उसको खुद नाफा अघिल्लो आर्थिक बर्षको भन्दा करिब ३ करोड रुपैयाँले घटेको हो ।
बैंकको खुद ब्याज आम्दानी घटेकोले उसको खुद नाफा घटेको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ । पूर्णिमाले अघिल्लो आर्थिक बर्ष १९ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक बर्ष १६ करोड ५३ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको ब्याज खर्च बढेका कारण उसको खुद ब्याज आम्दानी घटेको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक बर्ष १२ करोड ३२ लाख रुपैयाँ रहेकोमा गत आर्थिक बर्षमा बढेर १९ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
बैंकको कष्ट अफ फण्ड भने घटेको छ । गत आर्थिक वर्षमा बैंकको कस्ट अफ फण्ड ६.८८ प्रतिशत थियो । अघिल्लो आर्थिक बर्ष बैंकको कष्ट अफ फण्ड ७.२२ प्रतिशत थियो ।
बैंकले गत आर्थिक बर्षमा २ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४२ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ ।
बैंकको रिटर्न अन इक्वीटी (आरओई) पनि घटेको छ । अघिल्लो आर्थिक बर्ष २०.७३ प्रतिशत रहेको आरओइ गत आर्थिक बर्ष घटेर ११.२६ प्रतिशतमा सिमित भएको छ ।