जहाँ गाउँलेहरु हीरा खोज्ने गर्छन्



काठमाण्डौ । नेपालमा यार्सागुम्बा खोजी हुने गरेको धेरैले सुनेका छन् । तर, भारतमा भने जमिनमा हीरा खोजी कार्य हुन्छ । मनसुनको सुरुवातसंगै भारतको आन्ध्र प्रदेशको अनन्तपुर जिल्लामा हीरा खोजीको काम सुरु हुन्छ ।

आन्द्र प्रदेशको रायलसीमा क्षेत्रलाई हीराको जमिनपनि भनिन्छ । यहाँको जमिनमा अत्याधिक मात्रामा खनिज पाईन्छ ।

मनसुनको सुरुवातसंगै यहाँ हीरा खोजीको काम सुरु हुन्छ । यहाँ हीरा खोज्नको लागि छिमेकी जिल्ला र गाउँबाट समेत मानिस आउने गर्छन् । हीरा खोज्न आउने मानिससँग कुनै प्रविधि हुँदैन, तरपनि यहाँ हीरा पाईने आशमा मानिस आफ्नो काम छाडेर पनि आउने गर्छन् ।

हीरा खोज्नको लागि मानिसहरु जमिनमा परेको सूर्यको किरण प्रतिविम्बित भए\नभएको हेर्ने गर्छ । कार्बनडाईअक्साईड नामको एक ढुंगाको आधारमा मानिस हीरा खोज्ने गर्छन् । यस्तो ढुङ्गा पाईने क्षेत्रमा हीरा पाईने संभावना हुन्छ ।

यो क्षेत्रमा सन् १९७० मा हीरा प्रसोधन केन्द्रपनि स्थापना गरेको थियो । तरपछि त्यही क्षेत्रमा किम्बरलाईट पार्क र संग्राहलय बनाइयो । अंग्रेजको शासनकालमा यो क्षेत्रमा हीरा खोज्ने काम हुने गरेको तथ्यहरुपनि फेला परेका छन् ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीको १४० देखि १९० फिट गहिराईमा हुने कार्बन परमाणु नै अत्याधिक अत्याधिक तापक्रम र दबाबका कारण हिरामा परिणत हुन्छ ।
(एजेन्सीहरुको सहयोगमा)


क्लिकमान्डु