नामै त नेप्से, किन बढ्थ्यो

फागुनयता नेप्से बढेन भन्ने भाकाको मेलोडीले सबैलाई झुम्म बनाएको छ । नेप्सेको घटाइमा मान्छे डुवेका छन् ।

नेप्से बढ्नै पर्ने चिज हो त ? नबढी नहुने चिज हो भने त्यसै भन्नुस् पहिला । अनि खोजुम्ला उपचार ।

नेप्से बढाउन सबैले प्रयास गरेकै छन् । अर्थमन्त्रीले पनि गरेका छन् । जति गर्दा पनि बढ्दैन त के गर्ने ?

नेप्से बढाउन दुध ख्वाएर हुदैन । बोनभिटा ख्वाएर हुदैन । हर्लिक्स ख्वाएर पनि हुदैन । क्याल्सियमका गोटी घोटाएर प्याउनु पनि भएन ।

यसरी खुवाउनु हुन्थ्यो पनि होला । तर नेप्सेको मुखै हुदैन त कहाँ ख्वाउनु ?

केही मान्छेहरु अर्थमन्त्रीले अनुत्पादक भन्देकोले नेप्से घट्यो भन्छन् । ठिकै त भने अर्थमन्त्रीले । नेप्से उत्पादक हो ? सेयर बजार उत्पादक हो ?

नेप्सेले पाँडो पाउँछ ? नेप्सेले पाठो पाएको छ ? नेप्सेमा आलु फलेको छ ? नेप्सेले पाउरोटी उत्पादन गर्छ ? छैन । गर्दैन । हो, त्यसैले नेप्से अनुत्पादक नै हो । सेयर बजार अनुत्पादक नै हो ।

नेप्सेले पाँडो पाउँछ ? नेप्सेले पाठो पाएको छ ? नेप्सेमा आलु फलेको छ ? नेप्सेले पाउरोटी उत्पादन गर्छ ? छैन । गर्दैन । हो, त्यसैले नेप्से अनुत्पादक नै हो । सेयर बजार अनुत्पादक नै हो ।

हेर्नुस्, सेयर बजार सुधार गर्न अर्थमन्त्रीले निकै प्रयास गरेका छन् । अर्थमन्त्रालयमा डा. रामशरण भएपछि नेप्से बढ्छ भनियो । प्रधानमन्त्रीले डा. युवराजलाई अर्थमन्त्री बनाए । डा. युवराजले ठूलो मेहेनत गरेर अर्थमन्त्रालयमा डा. रामशरण भित्र्याइछोडे ।

अर्थमन्त्रीले खोजेका मान्छे डाक्टरको ठाउँमा डाक्टर नै थिए । रामशरणको ठाउँमा रामशरण नै थिए । जम्मा महतको सट्टा खरेल भएको न हो । सबै काटीकुटी त कहाँ मिल्छ र हौं ? जुम्ल्याहा दाजुभाइको अनुहार त फरक पर्छ ।

अर्थमन्त्रालयमा डा. रामशरण भएपछि नेप्से बढ्छ, विदेशी अनुदान थपिन्छ र आर्थिक अनुशासन कायम हुन्छ भनेर अर्थमन्त्रीले डा. रामशरण ल्याएका थिए । तर केही मान्छेहरुले यो सत्य नबुझी अर्थमन्त्रीले आफ्नो ज्वाइलाई ल्याए भनरे स्यालहुइयाँ मच्चाए ।

ल फेरि सुरुकै प्रश्नमा आउँ न त । नेप्से किन बढेन ?

सरकारका क्रियाकलापले नेप्से घट्नु पर्ने कारणै छैन । सरकारले सडकका खाल्डा पो नपुरेको हो त । पानीजहाज त चलाउछु भनेकै छ । काठमाडौंका मेयरले फोहोर उठाउने ब्यवस्था पने नगरेका हुन त, जापान भ्रमणमा त गएकै छन् ।

यो सरकारले जति राम्रो काम गरेपनि बढेन नेप्से । किन भने यो सरकारसँग नेप्से पूर्वाग्रही नै रछ । हुन उसको नाम पनि उस्तै छ । नामै त नेप्…..से छ, नेप्से क्या । जति गरेपनि नबढ्ने नेप्से ।

क्लिकमान्डु