१ हजार बढीले अवलोकन गरे कंगारु एजुकेशन फेयर



काठमाण्डौ । कंगारु एजुकेशन फाउण्डेशनले बैदेशिक अध्ययन गर्न चाहने विधार्थीहरुलाइ लक्षित गरी आयोजना गरेको कंगारु एजुकेशन फेयर बुधवार काठमाण्डौंमा सम्पन्न भएको छ । मेलामा अस्ट्रेलिया, न्यूजीलेण्ड, अमेरिका, क्यानडा र यूरोपका गरी २६ वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको सहभागिता रहको थियो ।

मेला अवलोकनमा आएका विद्यार्थी तथा अभिभावकहरुलाई एकै ठाँउबाट विभिन्न देशको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा पूर्ण जानकारी दिइएको कंगारु ऐजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए ।

नेपाली विद्यार्थीहरुको बैदेशिक अध्ययनको बढ्दो क्रमलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त मेलामा प्रयोगात्मक तथा सीपमूलक प्रोग्रामका बारेमा जानकारी प्रदान गरिएको थियो । बिहान १० बजे देखि साँझ ५ बजेसम्म चलेको उक्त मेलामा विद्यार्थी तथा अभिभावक गरि १००० भन्दा बढीले मेला अवलोकन गरेको कंगारु एजुकेशन फाउण्डेशनका अध्यक्ष सुस्मिता पराजुलीले बताइन् ।

मेला अवलोकनमा गएका सम्पूर्ण विद्यार्थी अभिभावकहरुले जान चाहेको देशका विश्वविद्यालय तथा कलेजका प्रतिनीधीहरु सँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरी छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौट देखि परिपक्व डकुमेन्टेसन मार्पmत एड्मिसन र भिजाका सम्बन्धमा पनि परामर्श लिएकोे बताइएको छ ।

अग्रेजी भाषा परीक्षा रजिष्टेसन, आइएलटिएस तथा शैक्षिक कर्जा, बिप्रेषण सेवा सम्बन्धी जानकारी लिएर मेला अवलोकनमा गएका विद्यार्थी र अभिभावकहरु लाभन्वित भएका थिए । काठमाडौको पुतलीसडकमा केन्द्रिय कार्यालय रहेको कंगारु ऐजुकेशन फाउण्डेशनको नेपालमा सातवटा शाखा कार्यालयहरु साथै अस्ट्रेलियामा दुईवटा र बंगलादेशको ढाकामा एक शाखा कार्यालय रहेको कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए ।


क्लिकमान्डु