ह्वावे कम्पनीको नयाँ मोडेलका मोबाइल सेट नेपाली बजारमा



काठमाडौं । चिनियाँ मोबाइल फोन उत्पादक कम्पनी ह्वावेले नयाँ मोडेलका मोबाइल सेट बजारमा ल्याएको छ । नयाँ मोडेलका मोबाइल सेट नेपालमापनि गत शुक्रबारदेखि लन्च गरिएको छ ।

२४ एमपीको ४ वटा आई क्यामरा भएको नोभा थ्री र नोभा थ्री आइ स्मार्ट फोन नेपाली बजारमा ल्याएको हो । यस्ता सुविधा पाइने भएका कारण कम्पनीले यो स्मार्ट फोन विश्व कै पहिलो स्मार्ट फोन हुने समेत दाबी गरेको छ ।

फोन लन्च कार्यक्रममा नेपालका लागी कम्पनीका सिईओ डेनी डेङ्गले कम्पनीको मेहनतले सफलता पाएको जानकारी दिए ।

फोनमा २ वटा फ्रन्ट क्यामरा रहेको छ भने २४ एमपी प्राईमरी क्यामरा २ एमपीको सेकेन्डरी क्यामरा जडित छ । नेपाली बजारमा नोभा थ्री फोनको २९ हजार ९०० रुपैंया र नोभा थ्री आईको ५९ हजार ९ सय रुपैंया पर्छ ।

ह्वावेले आफ्नो उत्पादन तथा सेवाहरु १ सय ६० देशमा उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु