नेप्से परिसूचकमा यो साता : २ दिन बढ्यो, ३ दिन घट्यो, १ अर्ब ५ करोडको कारोबार



काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा यो सातापनि उल्लेख्य सुधार हुन सकेन । साताको पहिलो दिन आइतबार ११.७३ अंकले घटेको नेप्से परिसूचकमा दोश्रो दिन सुधार हुँदै हरियाली छाएको थियो ।

सोमबार १२.८४ अंकले परिसूचक बढेको थियो । तेश्रो दिनपनि झिनो अंकले नेप्से बढेको थियो । तेश्रो दिन मंगलबार ४.७७ अंकले नेप्से बढेको थियो ।

यसपछिको चौथो र पाँचौं दिन नेप्से फेरि घट्यो । चौथो दिन बुधबार ४.९२ अंकले नेप्से घट्दा पाँचौ दिन विहीबार पनि नेप्से उकालो लाग्न सकेन । बिहीबार साताको अन्तिम दिन ३.१५ अंकले नेप्से घटेको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १७९ कम्पनीहरुको कारोबार भएको छ । १६८८६ कारोबारबाट एक अर्ब पाँच करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरका ३९ लाख ४५ हजार सात सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

यो कारोबार रकम गत साताको भन्दा २७.४१ प्रतिशत कम हो । गत साता १८६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १५१२८ कारोबारबाट एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँ बराबरका ४७ लाख ५४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.१० अंकले बढेर २५०.९६ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (पाँच करोड ३० लाख ३० हजार रुपैयाँ) को आधारमा नविल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ३७ हजार कित्ता) को आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (७४५ वटा) को आधारमा रैरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.५४ अंकले बढेर अन्तिम दिन ११९१.२० अंकमा पुगेको छ । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनैपनि कारोबार नभएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

कस्तो थियो कारोबारको अवस्था ?
साताको पहिलो दिन १६३ कम्पनीले कारोबार गरेका थिए भने ६ लाख ६१ हजार २ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा २१ करोड १२ लाख १३ हजार ८ सय २८ रुपैंयाको कारोबार भएको थियो ।

परिसूचकमा वित्तीयको मात्रै सूचक हरियो देखियो, वित्तीय २.९९ अंकले बढेको थियो । बैंक ७.६६, होटल ३४.५७, विकास बैंक १३.४२, जलविद्युत १३.७७, निर्जीवन बीमा ११०.६, उत्पादनमूलक ३.४१, अन्य ६.७१, माईक्रोफाइनान्स ३२.९३ तथा जीवन बीमा ७०.२८ अंकले घटेका थिए ।

तिनाउ डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.४७ प्रतिशतले नाफा कमाएका भने यस्तै, अरुण भ्याली हाईड्रो पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ४.८२ प्रतिशतले घाटा व्यहोरेका थिए ।

त्यसैगरी, दोश्रो दिन सेयर बजारमा १५७ कम्पनीले कारोबार गरे, ६ लाख ५८ हजार २ ९२ कित्ता सेयर खरिद बिक्री हुँदा १८ करोड ६५ लाख २६ हजार ५ सय ३५ रुपैंयाको कारोबार भयो ।

बैंक ८.०६, विकास बैंक १५.८८, जलविद्युत १९.०१, वित्तीय १.८, निर्जीवन बीमा १३३.५१, उत्पादनमूलक १०.९१, अन्य ९.६३, माईक्रोफाईनान्स ३५.४५, जीवन बीमा ५४.८६ अंकले बढेका थिए ।

नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतले नाफा कमाएका थिए भने तिनाउ डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.४१ प्रतिशतले घाटा व्यहोरे ।

यसैगरी साताको तेश्रो दिन मंगलबार १ सय ६० कम्पनीका ११ लाख ८९ हजार ६ सय ८९ कित्ता सेयर खरिद विक्री हुँदा समग्र नेप्सेमा २९ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बैंकिङ समूह ५.२५, ट्रेडिङ समूह ०.४२, होटल समूह ४९.४२, विकास बैंक समूह २.८५, जलविद्युत समूह ३.२४, वित्त समूह २.५९, निर्जीवन बीमा समूह १९.८९, जीवन बिमा समूह २०.६१ र अन्य समूह २.२६ अंकले बढेका थिए ।

यस्तै, उत्पादन मूलक समूह १९.७४ र लघुवित्त समूह ०.७ अंकले घटेका थिए भने
नबिल बैंकले सबैभन्दा धेरै १ करोड ८२ लाख रुपैयाँको टर्नओभर गरेको थियो ।
यस्तै, नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले आज ९.९९ प्रतिशतले कमाई गरे भने बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका थिए ।

यता, साताको चौथो दिन बुधबार १६८ कम्पनीले कारोबार गर्दा ६ लाख २९ हजार ७ सय १७ कित्ता सेयर किनबेच भएको र १६ करोड ६१ लाख ६७ हजार ४ सय ३० रुपैंयाको कारोबार भएको थियो ।

नेप्सेमा २ सूचक मात्र हरियो देखिए अन्य रातै देखिएका थिए । जलविद्युत ३.८८ र उत्पादनमूलक समूह २.९३ अंकले बढेका थिए ।

बैंक ४.२७, होटल २०.८५, विकास बैंक ४.२८, वित्तीय ४.३७, निर्जीवन बीमा ८०.२२, अन्य ०.०७, माईक्रोफाईनान्स ६.७७, जीवन बीमा २८.०७ अंकले घटेका थिए ।
सर्पोट माईक्रोफाईनान्स वित्तीय संस्थाका लगानीकर्ताले ४.९६ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका थिए भने एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले ५.८७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका थिए ।

यसैबीच, साताको पाँचौ दिन बिहीबार १६३ कम्पनीले कारोबार गरे । ७ लाख ९२ हजार ५५ कित्ता सेयर किनबेच हुँदा १९ करोड ३० लाख २८ हजार १ सय २४ रुपैंयाको कारोबार भएको थियो ।

होटलको मात्र परिसूचक हरियो रहेको र ४४.५४ अंकले बढेको थियो । बैंक १.४४, विकास बैंक १.९८, जलविद्युत १४.७९, वित्तीय २.६८, निर्जीवन बीमा २७.१७, अन्य ०.५६, माईक्रोफाईनान्स १५.१६, जीवन बीमा ४९.०८ अंकले घटेका थिए । उत्पादनमूलक समूहको भने परिसूचकमा अंक शून्य रह्यो ।

जानकी फाईनन्स लिमिटेडका लगानीकर्ताले ५.२९ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका थिए भने कन्काई विकास बैंकका लगनीकर्ताले ४.५४ प्रतिशतले सबैभन्दा धेरै गुमाएका थिए ।


क्लिकमान्डु