दही अब फलफूलको फ्लेबरमा, १० मिलिलिटरको मूल्य १० रुपैयाँ



काठमाडौं । तपाईँलाई दही कतिको मन पर्छ ? कस्तो कस्तो स्वादको दही खानु भएको छ ? पक्कै तपाईँ हामी सबैले गुलियो र अमिलो स्वादको मात्र दही चाखेका छौँ । तर, अब फलफूलको स्वाद(फ्लेअबर)मा पनि दही बजारमा आएको छ ।

बालाजु औद्योगिक क्षेत्र भित्र रहेको सामुदायिक कृषक डेरी कम्पनीले फलफूल फ्लेबरमा पनि दही उत्पादन गरेको छ । कम्पनीले आँप, स्ट्रोबेरी र केराको स्वादमा दही बजारमा ल्याएको छ ।

सुलभ ब्राण्डको दही उत्पादन गर्दै आएको यो कम्पनीले नेपाल मै पहिलो पटक फलफूल स्वादमा दही उत्पादन गर्न लागेको गरेको हो ।

उपभोक्तालाई नयाँ स्वादका साथ पहिलो पटक कम्पनीले युरोप र अमेरिकाका डेरी कम्पनीहरुबाट सिको गरेर यस्तो दही उत्पादन गरेको कम्पनीका अध्यक्ष रविप्रसाद रिजालले बताए ।

कम्पनीले नयाँ फ्लेबरमा ल्याएको यो दही १० मिलिलिटरको कपमा उपलब्ध रहेको छ । यसको बजार मूल्य १० रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।

यो दही मार्ट, डिपार्टमेन्ट स्टोर, अस्पताल तथा स्कुल चमेना गृह लगायत सबै ठाउँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु