नेपाल इन्भेष्टमेण्ट बैंकलाई युरोमनी एक्सिलेन्स पुरस्कार
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।
प्रतिष्ठित अंगे्रजी आर्थिक मासिक पत्रिका युरोमनीले हङकङमा एशियाका पाँच सय बढी विशिष्ट पाहुना सहभागी एक भव्य समारोहविच बैंकले प्राप्त गरेको पुरस्कार बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई प्रदान गरेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले यो अवार्ड पहिलो पटक प्राप्त गरेको हो ।
सन् १९६९ मा पहिलो पटक प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरहरुले शुरु गरेको यो पुरस्कार, संस्थाको सेवा, सुविधा तथा वित्तीय अवस्थाका बारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेपछिमात्र प्रदान गरिन्छ । यस बर्ष यसमा १५ सयभन्दा बढी वित्तिय संस्थाहरुले राष्ट्रिय, क्षेत्रिय तथा विश्वव्यापी रुपमा सहभागिता जनाएका थिए ।
पाँच पटकसम्म बैंक अफ द इयर प्राप्त गरिसकेको बैंकले आफ्नो सञ्चालन कालको ३२ वर्ष पूरा गरी उत्कृष्ठ सेवा विस्तार, ग्राहकसेवामा नवीनता तथा शेयरधनीहरूसँगको सम्बन्ध सुदृढ गर्दै लगेको बैंकद्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।