अशोक लेलैण्डको ‘मेगा मन्सुन फ्रि चेक अप क्याम्प अफर’



काठमाण्डौ । आइएमई मोटर्सले नेपालका लागि अशोक लेलैण्ड गाडीका आधिकारिक बिक्रेताले ‘मेगा मन्सुन फ्रि चेक अप क्याम्प अफर’ ल्याएको छ ।

देशभरका १३ आउट लेट्सहरुमा लागु हुने गरी ग्राहक महानुभावहरु माझ यो अफर ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहक महानुभावहरुलाई केन्द्रित गर्दै फ्री चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पाटर््समा ५% छुट, १०% ल्युबमा, ३०% लेबर शुल्क साथै ३०% च्यासिस ग्रीजिंगमा उपलब्ध गर्ने कम्पनीले बताएको छ ।

क्याम्पमा ग्राहकवर्गले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्ने बताइएको छ ।

यो योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुने र साउन २ गतेदेखि ११ सम्ममात्र लागु हुने आई एम ई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

 


क्लिकमान्डु