पारस र प्रतिभा सेञ्चुरी बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त



काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले नेपाली क्रिकेटका कप्टान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमका सदस्य प्रतिभा मालीलाई एक वर्षको लागि ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ ।

खेल क्षेत्रसंग सम्बन्ध जोडिदै बैंकले आफ्नो सेवाको बिकास र बिस्तारमा हातेमालो गर्ने क्रममा नेपाली खेलकुद क्षेत्रका दुई चर्चित ब्यक्तित्वहरु खड्का र मालीलाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।

उनीहरुको नियुक्तिले बैंकको लोकप्रियता तथा व्यवसायिक अभिवृद्धिमा मद्दत पुग्ने विश्वास लिइएको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रमुख बजार अधिकृत रन्जन खड्काको उपस्थिति रहेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको बताइएको छ ।


क्लिकमान्डु