आगमन अगावै सबै बिक्री भए टोयोटा रस



काठमाण्डौ । द टु.एस.यु.भि. भनी यु.टि.एस.द्वारा प्रचार गरिएको नयाँ टोयोटा रसको नेपालमा आगमन अगावै नै सबै साधन बिक्री भएको छ ।

साधनको प्रि बुकिङ्ग एप्रिल ११, २०१८ मा खुलेको थियो । सो मिति देखि २ लटको गाडी पूर्ण रुपमा बुक तथा बिक्री भइसकेको छ ।

सुन्दर बनावट र कुशल प्रदर्शनको लागी प्रशंसा गरिएको टोयोटा रस् नेपालको रोड र भौगोलिक संरचनाको लागी उपयुक्त मानिन्छ ।

टोयोटा रसको वितरण जुलाई २०, २०१८ देखि शुरु हुने योजना रहेको बुझिएको छ ।


क्लिकमान्डु