एनएमबि माइक्रो फाइनान्सले गर्यो लघुवित्त व्यवस्थापन तालिम



काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले कर्मचारीहरुका लागि ५ दिने लघु बित्त तालिम सञ्चालन गरेको छ ।

साउन २ देखि ६ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत चौधरीले लघुवित्तले विपन्न, गरीव तथा पछाडि पारिएका वर्ग, समुदायमा काम गर्ने बताए ।

तालिममा शाखा प्रमुख सहित ६७ जना कर्मचारीहरुको सहभागिता रहेको छ । वित्तीय संस्थाको उद्धेश्य, कार्यक्षेत्र तथा तालिमको विषयवस्तुमा कर्जा जोखिम विभाग प्रमुख खगेन्द्र तिमल्सिनाले सहजीकरण गर्ने बताइएको छ ।

माईक्रोफाईनान्सले स्थापनाको ५ वर्षको छोटो अवधिमा १० जिल्लामा कार्यक्षेत्र राखेको थियो । हाल राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नति भई ७५ वटा शाखा कार्यालयको स्थापना गरी करीव ८० हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा उपलब्ध गराउन सफल रहेको संस्थाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु