बैंकर्स संघका अध्यक्ष भन्छन् : यस्तै अवस्था रहे एक सय रुपैयाँमा निकालेको आइपिओ पनि बिक्दैन



काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सेयर बजार निरन्तर घटिरहेको हुँदा आइपिओ/एफपिओ र हकप्रदपनि बिक्ने अवस्था नआएको बताएका छन् ।

नेशनल बैकिङ इन्सिच्युटले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ढुंगानाले हस्तक्षेप नगर्ने हो भने अब सेयर बिक्री नहुँने बताए ।

‘बुटवल पावरको एफपिओ बिकेन,एनएमबिको पनि अन्तिममा बिक्री भयो,अब यस्तो तालले एक सय रुपैयाँमा पाइने आइपिओपनि बिक्दैन’,उनले भने ।

ढुंगानाले मौद्रिक नीतिबाट आफुहरुले पुँजी कर्जा निक्षेप अनुपात(सिसिडी रेसियो) खारेज हुने अनुमान गरेपनि त्यो नभएको बताए । विश्वका धेरै देशले त्यसलाई खारेज गरेर बासेल थ्री कार्यान्वयन गरेको भन्दै यसले लगानीको वातावरणलाई खुम्चाएको भनाई ढुंगानाको छ ।


क्लिकमान्डु