गत आर्थिक वर्षमा ४५ अर्ब रुपैयाँको सेयर निष्कासन गर्न अनुमति



काठमाडौं । धितोपत्र बोर्डले गत आर्थिक वर्षमा २०७४/७५ मा ४५ अर्ब ५२ करोड रुपैयाँको सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले हकप्रद,आइपिओ र एफपिओ गरेर सो रकम बराबरको सेयर निष्कासनको लागि अनुमति दिएको हो ।

बोर्डले गत आर्थिक वर्षमा २५ अर्ब ७० करोड रुपैयाँ हकप्रद सेयर निष्कासनको लागि अनुमति दिएको छ । राष्ट्र बैंक तथा बीमा समितिको चुक्ता पुँजी बढाउने नीतिसँगै हकप्रद निष्कासन बढी भएको हो । गत आर्थिक वर्षमा अनुमति पाएका कतिपय कम्पनीले अझै हकप्रद निष्कासन गरेका छैनन् ।

यस्तै बोर्डले गत आर्थिक वर्षमा ८ अर्ब ३० करोड रुपैयाँको साधारण सेयर(आइपिओ) जारी गर्न अनुमति दिएको छ ।

गत आर्थिक वर्षमा नै ११ अर्ब ५१ करोड रुपैयाँको एफपिओ निष्कासन गर्न अनुमति दिएको छ । गत आर्थिक वर्षमा एफपिओ जारी गर्ने कम्पनीलाई भने सुखत भएन ।

बुटवल पावरको एफपिओ बिक्री भएन भने नेपाल बैंकको पनि एफपिओ बिक्री भएको छैन । एनएमबि बैंकको एफपिओ भने अन्तिम समयमा आएर बिक्री भएको थियो ।

बोर्डले गत आर्थिक वर्षमा नै प्रिमियम मुल्यमा शिवम सिमेन्टलाई आइपिओ निष्कासन गर्ने अनुमति दिएको छ । शिवमले यो आर्थिक वर्षमा आइपिओ निष्कासन गर्ने छ ।

सेयर बजारमा कसरी आपूर्ति थपिएको त्यसको पुष्टी बोर्डले सेयर निष्कासनमा दिएको अनुमतिले देखाएको छ । बढ्दो आपूर्तिको कारण सेयर बजार घट्नुको एउटा कारण भने हो ।


क्लिकमान्डु