एनआईसी एशिया बैंकद्वारा मिस्ड कल बैंकिङ्ग सेवा प्रारम्भ



काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले साउन १ गतेबाट बैंकले मिस्ड कल बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

यो सेवाको सुरुवात सँगै अब बैंकका ग्राहकहरुले निम्न सेवाहरु मिस्ड कल गरेर प्राप्त गर्ने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

१. ब्यालेन्स जानकारी : मोबाईल नं– ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने ।

२. मिनी स्टेटमेन्ट जानकारी : मोबाईल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने ।

३. कलब्याक सेवाः मोबाईल नं–९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।


क्लिकमान्डु