सिन्धुपाल्चोकमा मेगा बैंकको शाखा बिस्तार



काठमाडौँ । मेगा बैंक नेपालले सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउपालिका पाँचपोखरी वडा नं ६ को टारमा शाखा विस्तार गरेको छ । गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।

‘ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा अब मेगा बैंकले रफ्तार लिने छ ’-सिइओ अनुपमा खुञ्जेलीले बताइन् । यसरी छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै सिइओ खुञ्जेलीले आकर्षक सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने जानकारी दिइन् ।

‘हलोदेखि हाईड्रोसम्म’ भन्ने मुख्य नारा लिएको उक्त बैंकले स्थापनाको आठौँ बर्षमा १०० वटा शाखा विस्तार गरीसकेको छ । यस्तै, टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूसंग गाभ्न सफल भएको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु