एकैदिन गण्डकी विकास बैंकका ६ वटा शाखा थपिए



काठमाण्डौ । गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ ।

थप हुने शाखाहरुमा महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल (ओमसतिया) र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुर रहेका छन् ।

यससंगै बैंकको ६८ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिटै नै नेपालको पूर्वदेखि पश्चिमसम्म ९ वटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।


क्लिकमान्डु