फिर्ता माग्ने भो ललितपुर महानगरले सरकारले लिएको घर बहाल कर



काठमाण्डौ । ललितपुर महानगरपालिकाले २०७४ साल अगाडि नेपाल सरकारले संकलन गर्दै आएको घर बहाल करको १० प्रतिशत फिर्ता माग्ने भएको छ ।

महानगरले संविधानको अनुसूची ७ मा स्थानीय कर (घर बहाल कर) स्थानीय तहले एकलौटी लिन पाउने व्यवस्था गरेको बताउँदै २०७४ चैत्र अगाडि नेपाल सरकारले लिएको १० प्रतिशत रकम फिर्ता माग्ने निर्णय गरेको छ ।

महानगरले आर्थिक वर्ष २०७५\७६ को बजेट सार्वजनिक गर्दै आफुले पाउनुपर्ने रकम सरकारसंग फिर्ता माग्ने निर्णय गरेको हो । ललितपुर महानगरले करको दायरामा नआएका करदातालाई स्वयंकर घोषणा गर्न पनि निर्देशन दिएको छ ।

महानगरले ललितपुरका जात्रा, पर्व तथा नाँचको डकुमेन्ट्री बनाउने समेत उल्लेख गरेको छ ।महानगरले महानगरक्षेत्रभित्रका ठूला करदातालाई सम्मान गर्ने गर्ने व्यवस्था गर्ने समेत उल्लेख गरेको छ ।

महानगरले निर्वाचित जनप्रतिनिधिको १० लाख रुपैयाँको स्वास्थ्य बीमा गर्ने समेत उल्लेख गरिएको छ । महानगरले आर्थिक वर्ष २०७५\७६ का लागि चार अर्ब ६० करोड ७२ लाख ८७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

४ मिटर भन्दा कम चोडाईको सडक पिच नगर्ने
४ मिटर भन्दा कम चौडाई भएका बाटो आगामी आर्थिक वर्ष देखि पिच नगर्ने निर्णय गरेको छ । महानगरले ४ मिटर भन्दा कम चौडाई भएको बाटोमा ढुगां वा ब्लकले छाप्ने भएको हो ।

भूकम्प प्रभावितिलाई नक्सा पास निःशुल्क
ललितपुर महानगरले २०७२ को भूकम्प प्रभावित परिवारले ३ हजार वर्गफुटसम्मको क्षेत्रफलको नक्सा पास निःशुल्क गर्ने भएको छ ।

सत्यमोहन जोशीलाई सम्मान निरन्तर
ललितपुर महानगरले संस्कृतिविद सत्यमोहन जोशिलाई प्रदान गर्दै आएको सुविधालाई निरन्तरता दिने भएको छ । महानगरले जोशिलाई गाडी लगायतका सुविधा प्रदान गर्दै आएको छ । यस बाहेक महानगरले २०७६ साल बैशाख ३० गते जोशीको सतवार्षिर्की कार्यक्रम विशेष सम्मानका साथ गर्ने भएको छ ।

एसईईमा उत्कृष्ट ३ विद्यार्थीलाई सम्मान
सरकारले एसईई परिक्षामा अंकप्रणाली हटाएर ग्रेगिडं प्रणाली लागु गरेको तीन वर्ष वितिसकेको भएपनि महानगरले भने नगरक्षेत्रका सामुदायीक विद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याने विद्यार्थीलाई पुरस्कृति गर्ने भएको छ ।

पुल्चोक इन्जिनियरिङ कलेजेको पर्खाल भत्काउने
ललितपुर महानगरले पूरात्वतिक सम्पदा तथा ऐतिहासीक प्रारुप छेकिने गरि निर्माण गरिएका पर्खाल भत्काउने भएको छ । महानगरले यसै कार्यक्रम अन्र्तगत पुल्चोक इन्जिनियरिङ कलेज र आनन्द निकेतनको हाल रहेको पर्खाल भत्काएर फालामेबार लगाउने भएको हो ।

१ हजार बिरुवा रोपिने
महानगरको मूख्य सडक दायाँ बायाँ एकै प्रजातीका ५ फिट अग्ला अर्नामेन्टल एण्ड एभरग्रिन सेड प्लान्टस रोप्ने बताएको छ । महानगरले यसका लागि ललितपुरका कर्पोरेट हाउससंग सहयाकार्य गर्ने बताएको छ । महानगरले कर्पोरेट सोसियल रेस्पोन्सीबिलीट नीति अन्र्तत कर्पोरेट हाउसहरुलाई मूख्य सडक दायाँ बायाँ विरुवा रोप्न लगाउने भएको हो ।

वाईफाईसहितका ठूला गाडी चलाउने
महानगरले वाई फाई सहितका ठूला गाडी सञ्चालन गरिने निर्णय गरेको छ । साना गाडीले प्रदुषण तथा सवारी चाप बढेको भन्दै ठूला गाडी चलाउने भएको हो ।

प्रत्येक घरबाट १ सय रुपैयाँ कर
महानगरले विपद व्यवस्थापन कोषका लागि महानगर क्षेत्रमा रहेका प्रत्येक घरबाट १ सय रुपैयाँ संकलन गर्ने भएको छ ।

एम्बुलेन्स एकद्धार नीतिबाट सञ्चालन गर्ने
महानगरले एम्बुलेन्स, दमकल तथा शववहान जस्ता आपतकालिन सवारीसधान एकद्धार नीतिबाट मात्रै संञ्चालन गर्ने भएको छ ।

इटा उद्योग खोल्न नपाईने
महानगरले आगामी आर्थिक वर्षमा महानगर क्षेत्रभित्र इटा उद्योग सञ्चालन अनुमती नदिने बताएको छ ।

महानगरका सबै वडा कार्यालयमा निशुल्क वाईफाई
ललितपुर महानगरपालिकाको कार्यालय र सबै वडा कार्यलयमा निशुल्क वाईफाई उपलब्ध गराउने भएको छ ।

घरमै गएर कर संकलन गर्ने
ललितपुर महानगरपालिकाले करदाताको सुविधाका लागि भन्दै आगामी आर्थिक वर्षदेखि करदाताको घरमै गएर कर संकलन गर्ने भएको छ । महानगरले मालपोत, बहाल कर, व्यवसाय कर भने वडा कार्यालयबाटै संकलन गर्ने पनि निर्णय गरेको हो ।

अनिवार्य दर्ता गर्नुपर्ने
महानगर क्षेत्रभित्र सञ्चालन गरिएका नीजि विद्यालय तथा स्वास्थ्य संस्था अनिवार्य रुपमा महानगरमा दर्ता गराउनुपर्ने भएको छ ।

बैंकमा खाता खोल्दा अनिवार्य कर तिरेको प्रमाण पेश गर्नुपर्ने
महानगरले बैंक तथा वित्तिय संस्थामा खाता खोल्दा, विजुली धारा जडान गर्दा, मालपोत कार्यालयमा घर जग्गा पास गर्दा अनिवार्य कर तीरको प्रमाण पेश गर्नुपर्ने व्यवस्था आगामी आर्थिक वर्षदेखि लागु गर्ने भएको हो ।

बृद्ध भक्ता दिने
ललितपुर महानगरले बृद्धबृद्धालाई ५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । महानगरले असार ३२ गते सार्वजनिक गरेको बजेटमा ७७ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई वार्षिकरुपमा एकमुष्ठ ५ हजार रुपैयाँ भत्ता दिने उल्लेख छ ।


क्लिकमान्डु