बाग्लुङ र भोजपुरमा प्रभु बैंकको शाखा थपिए
काठमाण्डौ । प्रभु बैंकले बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नं. ३ र भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका वडा नं. १ गरी २ वटा नयाँ शाखा कार्यालय असार ३१ गतेदेखि सञ्चालनमा ल्याएको छ ।
ताराखोला गाउँपालिकावडा नं. १ स्थित बैंकको ताराखोला शाखा गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले उद्घाटन गरेका हुन् । त्यसैगरी भोजपुर हतुवागढी शाखा गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईबाट शुभारम्भ गरिएको हो ।
बैंकको ताराखोला तथा हतुवागढी शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, व्यापारी, लगायतको उपस्थिति रहेको थियो ।