हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता



काठमाण्डौ । हिमालयन बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पताल बीच उक्त अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा ७ % सम्म छुट प्रदान गर्नेछ ।

उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु