सिटिजन्स बैंकले एकै दिन शुरु गर्यो ४ वटा शाखा


काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारीमा गरी कुल ४ वटा शाखा असार ३१ गतेदेखि सञ्चालनमा ल्याएको छ ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले कम्प्यूटरमा क्लिक गरी ती शाखाहरु शुभारम्भ गरेका हुन् ।

बैंकले आ.व. २०७४\७५ मा नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरही, हुम्लाको सर्केगाड, कास्कीको सिमलचौर, इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके,रामेछापको सुनापती, काभे्रको तिमाल, सिन्धुलीको हरिहरपुरगढी, धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि र दाङको बंगलाचुली गरी कुल १४ शाखाहरु सञ्चालनमा ल्याइसकेको बताएको छ ।

निकट भविष्यमा नै बैंकले कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा थपशाखा सञ्चालन गर्ने योजना अगाडि सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी दिए ।

Skip This