भार्गव विकास बैंकको आज हकप्रद सेयरको शिलबन्दी बोलपत्र खोलिदै



काठमाडौं । भार्गव विकास बैंकको शिलबन्दी बोलपत्र खोलिने भएको छ । बैंकले अवितरित हकप्रद सेयरहरु लिलाम बढाबढको माध्यमबाट बिक्री गर्न लागेको हो ।

जसमा संस्थापक समूहतर्फको ६ लाख ६७ हजार ७ सय ६ कित्ता शेयर रहेको छ ।
असार २९ गते दिउँसो ४ बजेबाट उक्त सेयरको लागि बोलपत्र खोलिने बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

बोलपत्र नागपोखरी काठमाण्डौ स्थित एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने बताइएको छ ।


क्लिकमान्डु