२६ जिल्लाका गरिब घर परिवारलाई परिचय पत्र बाँड्न शुरु, के पाउँछन् सुबिधा ?



काठमाडौं । नेपालको २६ जिल्लामा गरिब घर परिवार परिचय पत्र बितरण कार्यक्रम शुरु भएको छ । सो कार्यक्रमको सुरुवात कपिलबस्तुको मायादेवी गाउपालिको डुमराबाट गरिएको छ ।

आजबाट कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले गरिब घर परिवार परिचय पत्र बितरण गरेर यो कार्यको शुभारम्भ गरेका हुन् ।

७७ जिल्ला मध्ये बाँकी ५१ जिल्लामा पनि आगामी २ बर्षमा गरिब परिचय पत्र बितरण गर्ने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले लक्ष्य लिएको छ ।
अति गरिबलाई रातो कार्ड, मध्यम गरिबलाई पहेलो कार्ड र गरिबलाई निलो गरिब परिचय पत्र बितरण गरिएको छ ।

२६ जिल्लाका १२ लाख ५० हजार घर परिवारमा सर्वेक्षण गर्दा ३ लाख ९१ हजार ८३१ घर परिवार गरिबीको रेखा मुनि रहेको देखिएको छ । मानव विकास सूचकाङ्कमा तल रहेका जिल्लाहरुबाट शुरु गरिएको हो ।


क्लिकमान्डु