एकाएक एनएमबिको एफपिओमा लगानी ओइरियो, मागभन्दा बढी आवेदन



काठमाडौं । एनएमबि बैंकको थप सार्वजनिक निष्कासन(एफपिओ)मा अन्तिम दिन परेको आवेदन माग गरेकोभन्दा बढी परेको छ ।

तोकिएको समयमा बिक्री नभएपछि एनएमबिले एफपिओ बिक्रीको समय बढाएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले मागभन्दा बढी एफपिओ बिक्री भएको हुँदा अन्डरराइट गर्ने कम्पनीले खरिद गर्नुनपर्ने जानकारी दिए ।

निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले एनएमबिको एफपिओमा ७० हजार ६ सय ८० जना आवेदकले ३ अर्ब ९१ करोड रुपैयाँको आवेदन गरेको जानकारी दिएको छ । तथ्यांक संकलन कार्य जारी रहेको हुँदा यो संख्या अझै बढ्न सक्ने कोषले जनाएको छ ।

एनएमबिले अंकित मुल्य एक सय रुपैयाँमा २३३ रुपैयाँ प्रिमियम थपेर ३३३ रुपैयाँको दरले १ करोड १४ लाख १५ हजार १५३ कित्ता एफपिओ निष्कासन गरेको थियो । एनएमबिले ३ अर्ब ८० करोडको एफपिओ निष्कासन गरेकोमा ३ अर्ब ९० करोडभन्दा बढीको आवेदन परेको हो । सो हुँदा आवेदन गरे अनुसारको एफपिओ लगानीकर्ताले पाउने छैनन् ।

एनएमबि बैंकले एफपिओ बिक्री नहुँदै १५ प्रतिशत बोनस सेयरको घोषणा गरेको थियो ।


क्लिकमान्डु