६ सय कर्मचारीलाई तालिम दिने संझौतामा हस्ताक्षर

क्लिकमान्डु २०७५ असार २८ गते १८:२४ मा प्रकाशित

काठमाण्डौ । मौद्रिक नीतिको बुँदा नम्बर ९७ अन्तर्गत सहायकस्तरदेखि अधिकृतस्तर सम्मका कर्मचारीहरुलाई तालिम दिने प्रावधान कार्यान्वयन गर्ने नबिल बैंकले जनाएको छ ।

नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एन.बी.आई.) बीच आज सो तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार नबिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि एन.बी.आईद्वारा सञ्चालित अन्तर्राष्ट्रिय स्तरको जानबि कोर्समा ६०० जना कर्मचारीहरुलाई तालिम दिने व्यवस्था गरिएको छ ।

उक्त सम्भौतापत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र एन.बी.आई.का प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स