गण्डकी विकास बैंक र ग्राण्डी अस्पतालबीच उपचार खर्चमा छुट दिने सम्झौता
काठमाण्डौ । गण्डकी विकास बैंकका एटीएम होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनीहरुको परिवारको उपचार खर्चमा काठमाडौं स्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलले उपचार खर्चमा छुट दिने भएको छ ।
असार २८ गते एक कार्यक्रमकाबीच गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिरशेखर बज्राचार्य र ग्राण्डी विकास बैकको तर्फबाट मार्केटिङ्ग विजनेश डेभलपमेन्ट विभाग प्रमुख प्रतीक तिवारीले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
बैंकका एटीएम होल्डर ग्राहकहरुले एटीएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट प्राप्त गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।