गरिमा र सेञ्चुरी बैंकबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्झौता

क्लिकमान्डु २०७५ असार २८ गते १८:०० मा प्रकाशित

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र सेञ्चुरी बैंकबीच ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

असार २८गते बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र सेञ्चुरी बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत दिपेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात सेञ्चुरी बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ११० वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने बैंकले बिज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस