धानमा रोग लाग्यो, यसरी रोग किन लाग्छ ?

क्लिकमान्डु २०७५ असार २८ गते १६:२६ मा प्रकाशित

ललितपुर । नेपालको प्रमुख बाली धानमा विभिन्न किसिमका रोगका संक्रमणले किसान हैरान छन् । धानबालीमा मुख्य गरेर मरुवा, फेद कुहिने रोग, खैरोथोप्ला र पातेफेद डढुवाको प्रभाव देखिएको नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले जनाएको छ ।

बालीमा ब्याक्टेरिया ढुसी र जुकाको आक्रमणले रोग लाग्ने निर्देशनालयमा कार्यरत वैज्ञानिक चेतना मानन्धरले बताए । रोगको फैलावट, प्रकोप र तिनले पु¥याउने नोक्सानी फरक छन् । खैरो थोप्ले, कालोपोके र दागी दाना समस्या धानबालीमा सबै क्षेत्रमा पाइन्छ ।

उनले भने, “यी रोग सबैतिर फैलिए पनि बोट तथा बालीमा कम मात्रै असर गर्छन तर सेतो टुप्पो, पुड्के, दाना डढुवा लगायतका रोगले चाँडो आक्रमण नगरे पनि गरेपछि बालीमा ठूलो असर गर्छन् ।”

बर्षेनी धानबालीमा पहाडी क्षेत्रमा मरुवा र तराई क्षेत्रमा डढुवा दोहोरिरहेको मानन्धरले बताए । यी रोगका कारण वार्षिक झण्डै २० प्रतिशत उत्पादन नोक्सानी हुँदै आएको छ । उनले भने– “यो रोगले प्रकोपको रुप लिँदा ७० देखि ८० प्रतिशतसम्म पनि बालीमा नोक्सान गर्न सक्छ ।” किसानले सकेसम्म रोग नियन्त्रक जातको बिउ रोप्नुपर्नेमा बैज्ञानिक मानन्धरले जोड दिए । रोगले प्रकोपकै रुप लिएपछि मात्रै किसान प्रयोगशाला पुग्छन् ।

रोग लाग्ने जातको बीउ, सशक्त जीवाणुको उपस्थिति र रोग अनुकूलको वातावरणले मात्र बालीमा असर पार्ने नार्कका अध्ययनमा पाइएको छ । रासस

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स