बैंकहरुले भारुमा पनि २५ प्रतिशतसम्म ऋण परिचालन गर्न पाउने



काठमाडौं । बैंकहरुले अब भारतीय मुद्रामा पनि बाह्य ऋण परिचालन गर्न पाउने भएका छन् ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६को मौद्रिक नीतिमार्फत् यस्तो यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले २०७४ चैत २० गते वाणिज्य बैंकहरुलाई आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवर्तय मुद्रामा बाह्य ऋण परिचालन गर्न पाउने व्यवस्था गरेको थियो ।

यसको दायरा बढाउँदै गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले परिवर्त्य विदेशी मुद्राका अतिरिक्त भारतीय मुद्रामा समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको हो ।


पुष्प दुलाल