पोखरामा सांग्रिला डेभलपमेन्ट बैैंकको दुुई शाखा थपिए




काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज पोखराको लेखनाथ स्थित तालचोक र पोखराको हल्लनचोक लेकसाईडमा आफ्नो थप दुुई शाखाको उद्घाटन गरेको छ ।

तालचोक शाखाको उद्घाटन प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गरेका थिए । उक्त अवसरमा मन्त्री गुरुङले प्रदेश नं. ४ पर्यटन ब्यवसायको लागि प्रचुुर सम्भावना बोकेको प्रदेश रहेकोले देशकै आर्थिक समृद्धीको मेरुदण्डको रुपमा विकास गर्न यसमा निजी क्षेत्र लगायत बैंक तथा बित्तीय संस्थाहरुले अहम भूमिका निभाउनुु पर्ने बताए ।

यसैगरी, लेकसाईड शाखाको उद्घाटन प्रदेश नं. ४ का सभामुुख नेत्रनाथ अधिकारीले गरेका थिए । उक्त अवसरमा उनले बैंकको प्रगतीको कामना गर्दै बैंकले शाखा सञ्जाल शहरी क्षेत्रमा मात्र केन्द्रित नगरी बिभिन्न ग्रामीण क्षेत्रहरुमा समेत बिस्तार गरी आम जनतालाई बैकिङ सुुबिधा प्रदान गरेकोमा प्रशंसा गरेका थिए ।

कार्यक्रममा बैकका बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठ, संचालक शिव मल्ल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली लगायतले बैंकको बित्तीय अवस्था र बैंकले प्रदान गरिरहेको सेवा सुबिधाका बिषयमा प्रकाश पारेका थिए ।


क्लिकमान्डु