नेप्सेको सिइओ बन्न सुरु भयो लिगलिगे दौड



काठमाडौं । सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै नियुक्ती खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको पनि पद गयो ।

देउवा सरकारले प्रतिस्पर्धाको आधारमा नियुक्त गरेको भएपनि साउदको नियुक्तीको विवाद थियो । ओली नेतृत्वको सरकारले भदौदेखि फागुनसम्म देउवा नेतृत्वको सरकारले गरेका सबै खाले नियुक्तीलाई हटाउने निर्णय गरेको थियो । सो सँगै एक दर्जन उच्च अधिकारीको पद गएको छ ।

कांग्रेस सरकारको पालामा भएको नियुक्ती हटाएसँगै कम्युनिष्ट पार्टी निकट व्यक्तिहरु राजनीतिक नियुक्तीको लागि तयारी गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि पनि आधा दर्जन व्यक्तिहरु लबिङमा लागेका छन् ।

सेयर लगानीकर्ता तथा कम्युनिष्ट पार्टीसँग निकट रहेका नवराज घिमिरेले सिइओ बन्न लबिङ गर्न कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेका छन् ।

सिइओको लागि नेप्सेमा कार्यरत प्रविन पाण्डक समेत दावेदार छन् । उनी यसअघि सिइओ छनोटको लागि समेत दावेदारी दिएकी थिइन् ।

राष्ट्र बैैंकबाट अवकास प्राप्त कल्याणबन्धु रेग्मी समेत सिइओ हुने दौडमा छन् । यस्तै नारायण तिमिल्सिना समेत सिइओका लागि दौडमा छन् ।

धितोपत्र बोर्डमा कार्यरत कर्मचारी तथा नेप्सेमा कार्यरत कर्मचारी समेत सिइओको दौडमा छन् । जसमा राष्ट्र बैंकबाट अवकास पाएका कम्युनिष्ट पार्टी निकट व्यक्तिहरु समेत लबिङमा छन् ।


क्लिकमान्डु