काठमाडौंका सडकमा मैले खाल्टा पारेको हो र ? प्रधानमन्त्री ओली

केपी शर्मा ओली २०७५ असार २३ गते १५:३६ मा प्रकाशित


हामी एउटा साझा संकल्पमा छौ । अब हाम्रो देश गरिब रहनु हुँदैन । अब हाम्रो देश पछौटे रहनु हुँदैन । यसका लागि सरकारले उद्देश्य तय गरेको छौं, ‘समृद्ध नेपाल, सुखी नेपाली’ । यो हाम्रो गन्त्वय हो ।

यो गन्तव्यसम्म पुग्नका लागि हामीलाई सुशासन र विकासको बाटो आवश्यक छ । विकास नगरी समृद्धि हासील गर्न सकिदैन । विकासका लागि सुशासन आवश्यक छ । सुशासन भन्ने ४ अक्षरको शब्दले धेरै चिजको प्रतिनिधित्व गर्छ ।

यो शब्दले स्वच्छता, पारदर्शिता, कानूनीराज, जनताका मौलिक हकदेखि लिएर तिनको सुरक्षासम्मको प्रतिनिधित्व गर्छ । यति मात्रै होईन संविधानले तोेकेका हकसम्म सबैको पहुँच बनाउनका लागि अवसरहरु पनि उपलब्ध हुनुपर्छ । अवसरको उपलब्धता पनि समृद्ध नेपाल बनाउन आवश्यक छ ।

सुरक्षा भनेको कसैले भौतिक हमला नगर्नु मात्रै होइन । सुरक्षाले व्यापक अर्थ समेट्छ । हामीले बजारबाट किनेर ल्याएको तरकारीमा विषादी हुन्छ । फलफूलमा विषादी हुन्छ । कसैले सित्तैमा दिएको चीजमा होइन, पैसा हालेर किनेर ल्याएको चीजमा बिषदी हुन्छ ।

सुरक्षा पनि आवश्यक छ । सुरक्षा भनेको कसैले भौतिक हमला नगर्नु मात्रै होइन । सुरक्षाले व्यापक अर्थ समेट्छ । हामीले बजारबाट किनेर ल्याएको तरकारीमा विषादी हुन्छ । फलफूलमा विषादी हुन्छ । कसैले सित्तैमा दिएको चीजमा होइन, पैसा हालेर किनेर ल्याएको चीजमा बिषदी हुन्छ ।

यो सुरक्षा होइन । सुरक्षा भनेको स्वास्थ्यको सुरक्षा हो, भविष्यको सुरक्षा हो, बालबालिकाको सुरक्षा हो । जनधनको सुरक्षा हो । नागरिककका अधिकारको सुरक्षा हो, शिक्षाको सुरक्षा हो । समाज र राज्यबाट पाउने सुरक्षा पाउनु नै सुरक्षा हो । कानूनको नजरमा सबै समान छन् । र, हामी सबै कानून अन्र्तगत चल्नुपर्छ ।

विकासले समग्र देशको आर्थिक उन्नती र प्रगतीलाई समेटछ । पूर्वाधार, सूचना प्रविधि, उद्योग, पर्यटन कृषि, सेवा जस्ता क्षेत्रको सामुहिक उन्नती र प्रगती नै विकास हो । यही विकासको बाटो मार्फत हामी समृद्धि हासिल गर्न सक्छौं । सुशासन सहितको समृद्ध नेपाल निर्माण गर्न हामीले खोजेको हो ।

सुखी नेपाली भन्नाले जीडीपी र पर क्यापिटा इन्कमको भरमा हिसाब गरिएको गणितलाई मात्रै बुझ्नु हुँदैन् । अब हामी देशको एक जना नागरिक भोको छ कि छैन, एक जना नागरिक खान नपाएर त बसेको छैन कि भनेर पनि हेर्छौं । एक जना व्यक्तिले छोराछोरी पढाउन पाएको छ कि छैन ? एक जना बालक अनाथ भएर पाउनुपर्ने अधिकार पाएको छ कि छै भनेर समेत ख्याल गर्छौं । हर एक नागरिकले सबै सेवा र सुविधा पाउनुपर्छ भन्ने हाम्रो उदेश्य हो ।

सुखी नेपाली भन्नाले जीडीपी र पर क्यापिटा इन्कमको भरमा हिसाब गरिएको गणितलाई मात्रै बुझ्नु हुँदैन् । अब हामी देशको एक जना नागरिक भोको छ कि छैन, एक जना नागरिक खान नपाएर त बसेको छैन कि भनेर पनि हेर्छौं ।

राष्ट्रको समृद्धिले सम्पूर्ण नेपाली सुखी हुन्छन भनेर भन्न सकिदैन । तसर्थ हामी डिसप्यारीटीलाई अन्त गर्ने छौं । भेदभावको अन्त कानूनको सहयोगमा सहजै गर्न सकिन्छ । तर असमानता कानूनले अन्त गर्न सक्दैन । तसर्थ हामी असमानता अन्त गर्नतर्फ उन्मूख छौ । समानता ल्याउनु र बनाउनु आजको हाम्रो चुनौति हो ।

मेरो नेतृत्वमा बनेको सरकार दौडिएर अगाडी आउनेलाई पुरस्कृत गर्ने तर पछाडी रहेकालाई बेवास्ता गर्ने छैन । हामी समाजको सबैभन्दा पछाडी रहेको वर्ग, समुदाय र व्यक्तिलाई मुलधारमा ल्याउने छौ । समाजको कुनै पनि व्यक्ति आधारभुत जैविक तथा मानवीय आवश्यकताका लागि तड्पीने छैन ।

जायज र न्यायोचित मागका लागि समाजमा कुनै पनि व्यत्ति तड्पीनुपर्ने छैन । यसैलाई हामीले समाजवाद उन्मूख भनेका छौ । केही मान्छेहरु यही अभियानलाई अधिनायकवाद ठानेर तर्सिएका छन् ।

सबैले खान लाउन पाउने हो भने, सबैका छोराछोरीले स्कुल पढ्न पाए भने हामी धनी भएको के काम लाग्यो भन्ने मानसिकता भएका मानिस पनि छन् । अरु पनि धनी भए भने हामीले महंगो गाडी चढेको के काम लाग्यो भनेर समाजबाद उन्खुम अभियानलाई अधिनायकबाद देख्ने र यसबाट तर्सिनेहरु पनि छन् । हामीले यस्तो गर्दा कोही तर्सिन्छ भने तर्सियोस्, प्रतिस्पर्धी गुणस्तरीय शिक्षा प्राप्त गर्नु हाम्रा सन्ततीका अधिकार हो ।

जायज र न्यायोचित मागका लागि समाजमा कुनै पनि व्यत्ति तड्पीनुपर्ने छैन । यसैलाई हामीले समाजवाद उन्मूख भनेका छौ । केही मान्छेहरु यही अभियानलाई अधिनायकवाद ठानेर तर्सिएका छन् ।

जीडीपी र पर क्यापिटाको हिसाब गरेर हामीले यति प्राप्त गर्यौँ यति गुमायौं मात्रै यो सरकारले भन्ने छैन । यो सरकार ती हर एक नागरिकका लागि हो, जो समाजमा पछाडी परेका छन् । यो सरकार गरिबका लागि हो । यो सरकार समाजमा मुलधारमा आउन नसेकेका हर एक वर्ग र व्यक्तिका लागि हो ।

आज लाभका पछाडी दौडिरहेको दुनियामा यो कुरा त्यति व्यवाहारिक नलाग्ला । अझ कतिपयलाई त पचाउन पनि गाह्रो होला । तर, अबको दुनियाँमा यो धर्तीको हरेक मानिसले मानवोचित र जैविक आवश्यकता र अधिकारका लागि संघर्ष गर्नुपर्छ भने त्यो लोकतन्त्र हैन ।

लोकतन्त्र भनेको ठाउँमा लोक नै भोको छ भने केको लोकतन्त्र ?

अब नेपालमा कोही भोकै पर्दैन, कोही भोकै मर्दैन ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा मैले दुई वर्ष भित्र देशबाट तुईन विस्थापन गर्ने घोषणा गरेको थिए । मैले तुईनमा झुण्डिएर यात्रा गर्ने ती साना नानी बाबू देखेको छु । अझ हामीकहाँ त कस्तोसम्म थियो भने तुईनकै लागि भनेर बजेटसम्म विनियोजन हुन्थ्यो । म पहिलोपटक प्रधानमन्त्री भएको समयमा तुईनका लागि विनियोजन गरेको बजेट ३० करोड रुपैयाँ थियो, मैले त्यो हटाउन लगाएको थिए ।

दिस इज द इण्ड अफ तुईन एरा । तुईन एराको अन्त भनेको तुईन बन्द गर्नु मात्रै होइन, पछ्यौटेपनको अन्त्य पनि हो । ज्यान खतरामा राखेर स्कुल जाने बालबालिकाको मनोबल उच्च पार्नु पनि हो । जिवीकाका लागि पारी तर्छु कि खोलामा खस्छु भन्ने टुगों नहुने युगको अन्त्य हो । तुईन विस्थापन फलामको डोरी विस्थापन गर्नुमात्रै होइन ।

मैले अहिले ९५ वटा तुईन विस्थापन गरिसके । ५० वटा जति पनि विस्थापन हुने तयारीमा छन् । महाकालीमा भएका तुईन हटाउन पनि भारतसँग सहमती भएको छ । १६ वटा स्थानमा तुईन विस्थापन संभव छै भन्ने प्राविधिक रिर्पोट छ । तर जे जस्तो भए पनि तुईन भन्ने कुरा नेपालमा अब रहनु हुँदैन । तुईन हटाउन नसकिने स्थानमा केबलकार चलाउँ सक्छौ ।

तुईनमा झुण्डिएर तर्ने मेरा छोरानाती हुन् ? अनि मैले विस्थापित गर्ने भनेको तुइन फेरि बनाउँदा मेरा छोरानाति तुइनमा झुण्डिने र मलाई खुच्चिङ हुने हो ?

तुईन हटाउने निर्णय गरेको थिए मैले । तर त्यसपछि आएको सरकारले फेरि तुईन राख्न बजेट विनियोजन गरेको रहेछ । अब हेर्नुहोस त, तुईनमा झुण्डिएर तर्ने मेरा छोरानाती हुन् ? अनि मैले विस्थापित गर्ने भनेको तुइन फेरि बनाउँदा मेरा छोरानाति तुइनमा झुण्डिने र मलाई खुच्चिङ हुने हो ? ०२७५ साल भित्र अपावाद बाहेक तुईन विस्थापित हुन्छ । यो विकास र समृद्धिको कुरा हो ।

नेपाली भिखमंगा हुन सक्दैन । खान लाउन नपाउने नेपाली हुन सक्दैन । यसका लागि हाम्रा सम्पूर्ण प्रयासहरु आर्थिक विकास तर्फ केन्द्रीत हुनुपर्छ । विकासका लागि सुशासन चाहिन्छ ।

मैले आफ्नो साथमा मेरो मन्त्रिपरिषद हिडाउँन सकिन भने, मेरो मन्त्रिपरिषदसँगै व्युरोक्रेसी हिडाउँन सकिन भने विकास र समृद्धि सम्भव छैन । राज्यका सबै अंग तालमेलका साथ चल्नुपर्छ । अबको समयमा कोही पनि ठूलो छैन, हामी संविधान र कानूनको अधिनमा छौं । अब अधिकार र अन्य मागका लफडामा समय खर्च गर्नुभन्दा विकासको बाटोमा लाग्नुपर्छ ।

म कसैप्रति लक्षित गर्न पनि आवश्यक पनि ठान्दिन । म सबैलाई आग्रह गर्छु विकास, आर्थिक उन्नती, सुशासनको यो महाअभियानमा हामी साथै लाग्यौं भने नेपालका लागि राम्रो हुन्छ । कमसेकम पनि हामी देश विदेशमा जता जाँदा पनि सम्मानित हुन्छांै ।

हामी विद्धान पूर्खाका सन्तान हौं । बाँकी दुनिया अन्धकारमा हुँदा हाम्रो क्षेत्रमा ज्ञान फैलिरा हुन्थ्यो । ढुगे युगबाट समाज र ओडारबाट छाप्रामा बस्न यही ठाउँले सिकाएको हो । कन्दमुल खाने युगबाट कृषि गर्ने युगमा पनि यही ठाउँ गएको हो । यति मात्रै होइन संगित, कला साहित्य, अक्षर र लिपि पनि यही ठाउँबाट जन्मिएका हुन् ।

औषधी विज्ञान यही ठाउँबाट पार्दुभाव भएको हो । ग्रह नक्षत्र पनि यही ठाउँबाट उदाएको हो । बाँकी दुनिया अन्धकारमा हुँदा हाम्रा पुर्खा बृहस्पती, शुक्र कता पुग्यो भनेर हिसाब गर्ने गर्थे ।

औषधी विज्ञान यही ठाउँबाट पार्दुभाव भएको हो । ग्रह नक्षत्र पनि यही ठाउँबाट उदाएको हो । बाँकी दुनिया अन्धकारमा हुँदा हाम्रा पुर्खा बृहस्पती, शुक्र कता पुग्यो भनेर हिसाब गर्ने गर्थे । असाधारण पृथ्वी र ग्रह, उप्रगहको गति र खोजमा थिए हाम्रा पुर्खा । एसियालीहरुले नै हवाई जस्तो निर्जन टापुलाई अवाद गर्न सकेको थिए । यसले हाम्रा पुर्खाको ज्ञानको प्रमाण दिन्छ ।

हाम्रा पुर्खा विद्धान थिए ।

हाम्रो जमिन पनि उर्बर छ । दुनियाको क्लाईमेट समुन्द्र र हिमालबाट सुरु हुन्छ । हामीसँग समुन्द्र छैन । तर हिमाल छ । हाम्रो भूभाागको उर्वरता र जीवनमय यहाँको विशेषता हो ।

अहिलेसम्म हाम्रो युवा जनसंख्या धेरै छ । ६० प्रतिशत भन्दा धेरै पपुलेसन वर्किगं पपुलेशन छ । हाम्रो विकासको लागि यो सबैभन्दा राम्रो हो । नाकाबन्दीको समयमा निकै तल झरेको अर्थतन्त्रलाई हामीले ७ प्रतिशतमा ल्याउँछौ भन्दा मान्छेले हाँसोमा उडाए । तर सम्भव हुन्छ । भयो ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ७६ करोड बजेट छुट्याईएको थियो । तर साढे चार अर्बको ठेक्का गरेको छ । यस्तो अराजकता थियो ।

यस पटक वित्तीय अनुशासनहिनताको कारणले हामी धेरै अप्ठेरो चुनौति सामना गरिरहेका छौं । स्रोत सुनिश्चत नभएको कुरामा स्रोत सुनिश्चि गरिएको छ भनेर लेख्दैमा स्रोत सुनिश्चित हुन्छ ? उदाहरणका लागिः बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ७६ करोड बजेट छुट्याईएको थियो । तर साढे चार अर्बको ठेक्का गरेको छ । यस्तो अराजकता थियो ।

अहिले आठ खर्ब जस्तो स्रोत सुनिश्चित नभएको अवस्था छ । धरौटी नराखी पैसा छापेजस्तो भएको छ । यस्ता कुरा अब हामी बन्द गर्ने छांै ।

हामीसँग भएको ६० प्रतिशत वर्किङ पपुलेशनमा १५ प्रतिशत बाहिर गएको छ । हालको लागि निर्यात र त्यसबाट उठेको कर वा हुण्डिबाट जोगिएर, वैधानिक बाटोबाट आएको रेमिटेन्सबाट देश चलिरहेको छ । तर पनि हामीले ८ प्रतिशतको विकास प्रक्षेपण गरेका छौं ।

यसका पछाडी हामीसँग केही आधार छन् । पहिलो आधार हो हाम्रो वर्किङ पपुलेशन । १५ प्रतिशत पपुलेशन बाहिर जाँदा पनि हामीसँग देशमा पर्याप्त काम गर्ने जनशक्ति छ ।

हाम्रा सम्पूर्ण प्रयासहरु सुशासन र विकासमा केन्द्रीत हुने छन् । विकासमा हाम्रा सम्पूर्ण साधन स्रोत विवेक र ज्ञान प्रयोग गर्छौं । तर सधै हाम्रो स्रोत मात्र पर्याप्त नहुन सक्छ । हामीलाई अनकुल अन्तर्राष्टिय परिस्थिति बनेको छ । केही समय अगाडीसम्म भारतसँग सम्बन्ध अनुकुल थिएन । तर आज भारतसँग सम्बन्ध अनुकुल भएको छ । चीनसँग पनि सम्बन्ध झन राम्रो भएको छ ।

चीनसँग यही जुलाईभित्र चीन र नेपालकोबीचमा ट्रान्जीट एण्ड ट्रान्सपोट एग्रिमेन्टको प्रोटोकल सम्झौता हुँदैछ । यो सम्झौता गर्ने भनेर चीनिया प्रधानमन्त्री र मेरो सहमती भएको छ ।

नेपाल ऋणको दलदलमा फस्छ भनेर हल्ला चलाईएको छ । हामी अलि अलि ऋण पनि लिन सक्छौं । यो ऋण भन्ने कुरा नराम्रो मात्रै होइन, राम्रो पनि हो । ऋण जरुरी पनि छ । ऋण आवश्यकता, प्राथमिकताका आधारमा लिन्छौं । ऋण सोखको विषय होइन । हामी सहयोग पनि लिन्छौं, ऋण पनि लिन्छौं । ड्याम बाध्योँ भत्किएला भन्ने डर, घर बनायो भुँईचालोले भत्काउला भन्ने डर । त्यसकारण रिस्क नभएको त कुनै क्षेत्र छैन ।

औषधी खाएपनि मान्छे मर्छ, नखाए पनि मर्छ । कहिलेकाहीँ त औषधीको गोली खादाँ त्यही अड्केर वा सर्केर पनि मान्छे मर्छ । रिस्क फ्याक्टर कम गर्ने प्रयास गर्ने हो । रिस्क कम गर्नको लागि सरकारले के गर्न सक्छ भनेर व्यवसायीले सरकारलाई सुझाउनुपर्छ । म व्यवसायीलाई आग्रह गर्न चाहान्छु कि सरकारले व्यवसायीको हितअनुकुल के गर्न सक्छ, मस्यौदा बनाएर ल्याउनुहोस ।

औषधी खाएपनि मान्छे मर्छ, नखाए पनि मर्छ । कहिलेकाहीँ त औषधीको गोली खादाँ त्यही अड्केर वा सर्केर पनि मान्छे मर्छ । रिस्क फ्याक्टर कम गर्ने प्रयास गर्ने हो । रिस्क कम गर्नको लागि सरकारले के गर्न सक्छ भनेर व्यवसायीले सरकारलाई सुझाउनुपर्छ ।

सरकार यति लचिलो भएको छ । अब तपाई आफै विचार गर्नुहो सरकार अधिनायकवाद तर्फ जाँदै छ कि कता जाँदै छ ?

लिबरलिजम चाहिन्छ । निजी क्षेत्र आवश्यक छ । अर्को महत्वपूर्ण कुरा यो सरकारको पालमा चाकरीका लागि तपाई धाउनुपर्दैन । थैली बोकेर पनि धाउन पर्दैन । कानूनी चुनौति वा प्रशासनिक झमेला छन भने सरकारलाई बताउनुहोस् । हामी यसमा अल्झिन चाहाँदैनौ । सार्वजनिक स्वामित्वको सम्पती कमिसनको लोभमा नीजी क्षेत्रलाई बेच्दैमा विकास हुँदैन् ।

हामीलाई कागज चाहिँदैन् ? खोइ कागज कारखाना ? वाँसबारी जुत्ता कारखाना सरकारले बेचेको होइन ? सरकार र निजी क्षेत्र मिलेर उद्योग बन्द गर्ने होइन, नयाँ खोल्ने हो । कागज कारखाना मिलेर खाएको होइन र ? यो हाम्रो सरकारको बाटो होइन । हामी बन्द भएको उद्योग पनि खोल्न तयार छौं । रुग्ण उद्योगका स्तरोन्नती गर्न हामी तयार छौं ।

औधोगिक क्षेत्रका लागि आवश्यक जमिन हामी उपलब्ध गराउँछौं । लुम्बिनी भन्दा उत्तरतर्फको स्थानमा हामी मोर्डन सिटी बनाउने सोचमा छौं । यसका लागि हामी राप्ती, तिनाउँ नदिलाई डाईभर्सन गर्न पनि तयार छौं । यहाँ उद्योग र सहर विकास गर्न सक्छौं । सरकारले यस्ता ठाउँ खोज्दै छ, छनौट गर्दै छ ।

उद्यमी व्यवसायी समेटेर हामी सल्लाहकार समिति पनि गठन गर्दै छौं । इनोभेटिभ तवरमा जानको लागि रिसर्च र भिजन चाहिन्छ । यसका लागि व्यवसायीले आफूलाई तयार गर्र्नुपर्छ । आजको ग्लोबल बजारसँग प्रतिस्पर्धा गर्न, नयाँ प्रविधिको प्रयोग गर्न व्यवसायी तयार हुनुपर्छ । प्रविधि हामी सहजै पाउन सक्छौं । न्युकिलयर प्रविधि हामीसँग छैन । तर हामीलाई चाहिएको पनि छैन । अबको ४ वर्ष भित्र हामी स्याटेलाईट बनाउँछौ ।

हामीलाई कागज चाहिँदैन ? खोइ कागज कारखाना ? वाँसबारी जुत्ता कारखाना सरकारले बेचेको होइन ? सरकार र निजी क्षेत्र मिलेर उद्योग बन्द गर्ने होइन, नयाँ खोल्ने हो । कागज कारखाना मिलेर खाएको होइन र ? यो हाम्रो सरकारको बाटो होइन ।

हामीलाई कृषिको आधुनिकरण गर्न हतारो छ । यसका लागि पर्याप्त प्रविधि छ र प्रयोग गर्नुपर्छ पनि । अब हामीले गुणस्तरमा पनि प्रतिस्पर्धा गर्नुपर्छ । हाम्रो लागि ठूला बजार भनेका चीन र भारत नै हुन् । चीनले अबको केही महिनामा आयात प्रदर्शनी मेला आयोजना गर्दै छ । उसले त आउनुहोस सामान बेच्नुहोस भन्ने गर्छ ।

हामीले उत्पादन र निर्यात गर्नुपर्छ । बजारको समस्या छैन ।

हामी रुसमा आँप निर्यात गर्न सक्छौं । अब रुसी नागरिकले एकपटक आँप चाख्ने हो त्यसले जिन्दगीभर आँपको स्वाद भुल्न सक्दैन । हामीले यसरी वैकल्पिक बजारको खोजी गर्नुपर्छ । आँपको अगाडी त्यो युरोपियनले खाने अमिलो फल किवी भन्ने त के हो र ?

इजरालयले कृषिमा गरेको उपलब्धी हेर्न मैले मेरा मन्त्री पठाएको छु । उनीहरुले कृषिमा अतुलनीय उपलब्धी हात पारेका छन् । हामीसँग अवसर छन् । हामी गर्न सक्छौं । हामीसँग श्रमशक्ति पनि सस्तो छ । स्विेडेनमा चिया सर्भ गरेको पनि चार्ज लिने गर्छन् । कपमा तातोपानी र चिनी राखेको पनि पैसा लिन्छन् । हामीकहाँ त कमसेकम यस्तो छैन ।

रुसी नागरिकले एकपटक आँप चाख्ने हो त्यसले जिन्दगीभर आँपको स्वाद भुल्न सक्दैन । हामीले यसरी वैकल्पिक बजारको खोजी गर्नुपर्छ । आँपको अगाडी त्यो युरोपियनले खाने अमिलो फल किवी भन्ने त के हो र ?

अहिले हामीकहाँ विरोध गर्न दिएन भनेर कोही कोही रिसाएका छन् । ‘के निउँ पाउँ कनिका बुकाउँ’ भनेर दुई चार जना मान्छे कुदेका छन् । यसको केही अर्थ छैन् । अब हड्ताल एरा समाप्त भयो । दिल्लीमा के राष्ट्रपति भवन अगाडी प्रदर्शन गर्न दिन्छ र ?

उन्नती गर्नु छ भने उन्नती गर्ने तवरमा चल्नु पर्यो । लोकतन्त्रमा जहाँ पनि प्रर्दशन गर्न पाउनुपर्छ भनेर हुँदैन् । बोल्न पाईएन भनेर मान्छेको रोइलो हेर…। नेपालमा मिडियाले गाली नगरेको कोही मान्छे छ । बच्नु भएको छ भने तपाई भाग्यमानी हो ।

सामाजिक सीमा र मर्यादा पनि ख्याल गर्नुपर्छ । लोकतन्त्र र छाडातन्त्र एउटै होइन् । मनपरीतन्त्र गरेर हुन्छ ? आफ्ना अधिकारका कुरा गर्दा अरुको मान मर्दन गरेर हुन्छ ? के बोल्न बाँकी छ र बोल्न पाइएन भनेर यस्तो रोइलो ?

अब हामीलाई विकास गर्न कुनै चुनौति छैन । हामी अब विकासको युगमा छौं । हड्ताल आन्दोलन अब हामी निषेध गर्छौ ।

सरकारले इमानदार भएर व्यवसायीलाई मद्धत गर्छ । व्यवसायीले पनि इमानदार भएर कारोबार गर्नुपर्छ । राष्ट्र निर्माणमा हामी साझा अभियनामा लागेका छौं ।

मनपरीतन्त्र गरेर हुन्छ ? आफ्ना अधिकारका कुरा गर्दा अरुको मान मर्दन गरेर हुन्छ ? के बोल्न बाँकी छ र बोल्न पाइएन भनेर यस्तो रोइलो ?

मैले बनावटी कुरा गरेको होइन । देशको उन्नती र विकास हुनुपर्छ । पाँच वर्षको सरकार पाईएको छ, कम्मिा पनि । नीति नियम स्थिर हुन्छन । अब डराउनुपर्ने समय छैन । पाँच वर्षमा सुशासनको थिति बसिसक्छ, विकासले बाटो लिईसक्छ ।

पूर्व पश्चिम रेल त हामी आफै बनाउँदै छौं । तसर्थ हामीले उत्तर दक्षिण रेलको कुरा धेरै गरेका हौं । आजको जमानामा यति ठूलो जनसंख्यालाई रेल चाहिँदैन भन्ने कस्तो मान्छे हुन ? कस्ता अर्थशास्त्री हुन रेलले घाटा हुन्छ भन्ने ? कुनै समयमा दुनियाँमा शिल्क रोड चल्थ्यो, अब त्यो रोडमा चीनले फेरि बाटो बनाउँदै छ । विदेशमा सडकमाथि सकड बनाईन्छ, अहिले मैले यहाँ त्यस्तो भने भने उखान टुक्का हाल्यो भन्छन् । ऋण लिएर भए पनि देश विकास गर्नुपर्छ । व्यवसायीले ढुक्क भएर नेपालाई बलियो विकसित राष्ट्र बनाउने र नेपालीलाई सुखी बनाउनतर्फ लाग्नुपर्छ ।

केही केही कम्युनिज्म नबुझेका मानिसले यसलाई गरिबी बाँड्ने सिद्धान्त हो भन्ने गरेका छन् । यो राजनीतिक आरोप मात्रै हो ।

फागुन ३ गते यता कतै पनि घुष दिनु भएको छ भने त्यो गयो । अब त्यो काम हुँदैन । चाकडी र थैलीको काम अब छैन । म मिलाइ दिन्छु भनेर कसैले लिएको थियो भने त्यो छट्टुले तपाइको पैसा खायो ।

म सबैलाई भन्न चाहान्छु, फागुन ३ गते यता कतै पनि घुष दिनु भएको छ भने त्यो गयो । अब त्यो काम हुँदैन । चाकडी र थैलीको काम अब छैन । म मिलाइ दिन्छु भनेर कसैले लिएको थियो भने त्यो छट्टुले तपाइको पैसा खायो । यो बानी अब हरेकले छाड्नुपर्छ । दूई तीन खाता होइन एउटै खाता हुनुपर्छ । गैरकानूनी काम गर्यो ने ऐया आत्थु भन्न पाईदैन ।

मलाई दुःख छ, बाटामा खाल्टा छन् । केही मान्छेले खाल्टा खुल्टिका गीत गाईरहेका छन् । यी खाल्टा मैले ४ महिनामा बनाएको होइन् । अब मैले कता कता खाल्टा पुर्ने, थानकोट गए उस्तै छ, नगरकोट जाने उस्तै छ, गोकर्ण जाने बाटो उस्तै छ । कोटेश्वरका छेउको बाटो उस्तै छ । अब अर्काे बर्खा यसरी डुब्ने अवस्था नआोस भनेर सरकार सचेत छ । काठमाडौं देशको राजधानी हो । यहाँको सडक राम्रो बन्नुपर्छ ।

केही असुविधा छन् । तर यी असुविधा हामीले हैन, अहिले कराईरहेकाहरुले सिर्जना गरेका हुन् । दुई महिना कराएर आनन्द लिनेहरुले लिउन् । किनभने यस्तै बाटोको समस्या काठमाडौंमा रहँदैन ।

शान्तिपूर्ण ढंगले बाटोमा हिडिरहेका मानिसलाई गोली हानेर मार्नेहरु यो ठाउँमा विरोध प्रर्दशन गरौँ भन्दा कोकोहोलो मच्चाउँछन् । घरभित्र गएर बच्चालाई गोली हान्नेहरु, गोलीको आँखा हुदैन त के गरौं भनेर जवाफ दिनेहरु अहिले अधिनायकवाद आयो, सहनै नसकिन भयो भनेर चिच्याका छन् ।

तराईको डुबानको समस्या समाधानको लागि भारतसँगको संयुक्त टोलीसँग काम भईरहेको छ । भारतले नेपाललाई सहयोग पनि गरिरहेको छ ।

शान्तिपूर्ण ढंगले बाटोमा हिडिरहेका मानिसलाई गोली हानेर मार्नेहरु यो ठाउँमा विरोध प्रर्दशन गरौँ भन्दा कोकोहोलो मच्चाउँछन् । घरभित्र गएर बच्चालाई गोली हान्नेहरु, गोलीको आँखा हुदैन त के गरौं भनेर जवाफ दिनेहरु अहिले अधिनायकवाद आयो, सहनै नसकिन भयो भनेर चिच्याका छन् । अहिलको सरकार, नागरिक हक, बौद्धिक हक, मानवअधिकारको सम्मान गर्छ । हामी लोकतन्त्रमा छौं ।
(नेपाल उद्योग परिसंघको १५ औँ वार्षिक साधारणसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको मन्तव्यको संपादित अंश)

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स