अर्थमन्त्री भन्छन्- ब्याजदरमा हस्तक्षेप गर्न सकिदैन



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले देशको क्रेडिट रेटिङ गर्ने तयारी गरिरहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघको साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले देशको क्रेडिटङ गर्ने र यसले विश्वका लगानीकर्तालाई विश्वासको वातावरण बनाउने बताए ।

बैंकहरु विदेशबाट लगानी ल्याउने क्रम सुरु गरिसकेको बताउदै क्रेडिट रेटिङ लगानीकर्तालाई वास्तविक अवस्थाको समेत जानकारी हुने भनाई अर्थमन्त्रीको थियो ।

कार्यक्रममा व्यवसायीलाई कर्जाको बढ्दो ब्याजदरले समस्या परेको भन्दै हस्तक्षेप गर्न माग गरेका थिए ।

त्यसको जवाफममा अर्थमन्त्री खतिवडाले ब्याजदर बजारले तोक्ने बताउदै त्यसमा हस्तक्षेप गर्न नसकिने बताए ।

‘यो कुरा मैले आफु गभर्नर भएको बेलापनि ब्याजदरमा हस्तक्षेप गर्न नसकिने बताएको थियो,हामीले ब्याजदर बजारलाई छाडिदिएका छौ यो निर्धारण बजारले गर्ने हो’गभर्नर खतिवडाले भने ।


क्लिकमान्डु