ग्लोबल आइएमई बैंकको एकैसाथ ७ शाखारहित बैंकिङ सेवा



काठमाडौं । ग्लोबल आइएमई बैंकले एकसाथ थप ७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका ७ शाखारहित बैंकिङ सेवा संगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ९९ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले बाग्लुङ्ग जिल्लाको ढोरपाटन नगरपालिका – ८ बोबाङ्ग,गुल्मी जिल्लाको मुसीकोट नगरपालिका – ९ पाडथोकमा र सोही दिन गुल्मी जिल्लाकै मुसीकोट नगरपालिका – ३, ठुलापोखरामा यसैगरि अर्घाaखाँची जिल्लाको माला रानी गाउँपालिका – २, डाँडाकटेरीमा गुल्मी जिल्लाको धुरकोट गाउँपालिका – ५, बास्तुमा शाखा रहित बैकिङ सेवा खोलेको छ । बैंकले शुक्रबार नवलपरासी जिल्लाको रामग्राम नगरपालिका पट्खौलीमा र शुक्रबार नै गोरखा जिल्लाको गण्डकी गाउँपालिका – १, मकैसिङ्गमा शाखा रहित बैकिङ सेवा खोलेको हो ।

बाग्लुङ्गको बोबाङ्गमा श्याम घर्ति मगर, गुल्मीको पाडथोकमा द्रोण प्रसाद सापकोटा र ठुलापोखरामा बसन्त अधिकारी, अर्घाखाँचीको डाँडाकटेरीमा कृष्ण कुँवर क्षेत्री, गुल्मीकै बास्तुमा लुमकान्त पाण्डे, नवलपरासीको पट्खौलीमा सिमा कुमारी चौधरी र गोरखाको मकैसिङ्गमा राजन श्रेष्ठलाई शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन ।


क्लिकमान्डु